बांके-कार्तिक १६ गते
बाँकेको क्षेत्र नम्बर ३ अन्तरगत रहेको प्रदेश सभा ३(ख) मा जनता समाजबादी पार्टी नेपालका उम्मेदवार बिजय कुमार पाठक को पक्षमा चुनावी माहोल तात्तेको छ । स्थानीय तहको निर्वाचनमा जनता समाजबादी पार्टी नेपालका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतलाई आधार मान्दा उक्त प्रदेश सभामा ख मा बिजय कुमार पाठक झण्डै दोब्बर मतको अन्तरले अगाडी देखिन्छन् । तथापी, उनले आफ्नो प्रचार अभियानलाई तिब्रता दिइरहेका छन् ।
जानकीमा मधेशी समुदायको समेत उल्लेख्य बसोबास रहेकाले प्रदेश सभा ३(ख) मा चुनाव जित्न पाठक का लागि सहज देखिएको स्थानीय बासिन्दाको आंकलन रहेको छ । चुनाव जित्ने उच्च मनोबलका साथ बिजय कुमार पाठक अचेल दिनहुँजसो घरदईलो, भेटघाट तथा छलफलमा ब्यस्त हुने गरेका छन् ।
चुनावी अभियान अन्तरगत बुधबार जानकी वडा नम्बर १ जोगागाउ मा भेला तथा प्रचार प्रचारमा सहभागी भएको उम्मेदवार बिजय कुमार पाठक ले सुनाए । ‘मनोनयन दर्ता गरेपछि नै हाम्रो अभियान सुरु भएको हो, जनता समाजबादी पार्टी नेपालका मार्फत मतदाता भेटघाट अभियान चलाइरहेका छौं, मतदाताको मायाले धेरै नै उत्साहित भएका छौं,’ उनले भने ।
बुधबारको घरदईलो तथा मतदाता भेटघाटका क्रममा उक्त जसपाका जानकी प्रदेश सभा ३ (ख) का सभापति धर्मराज, बर्मा जसपा नेता कार्यकर्ता लगायत स्थानिये सहभागी भएका थिए।