बांके-कार्तिक १५ गते
बाँकेको क्षेत्र नं. ३ ख बाट पर्देससभा सद्स्य जनमत पार्टी को उम्मेदवार सह्बुद्दिन अनसारीलाई यस क्षेत्रका स्थानियहरुले समर्थन गर्दै निर्वाचन सम्पन्न नभए सम्म कसैको खाजा नखाने बताएका छन । आसन्न मंसिर ४ गतेको निर्वाचन नजिक्दै गर्दा पार्टीगत उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा जाने क्रम बढेको छ । यसै क्रममा बाँके क्षेत्र नं.३ [ख] पर्देससभा सद्स्य पदका उम्मेदवार सह्बुद्दिन अनसारी समेत मतदातालाई भेट्दै हिडेका छन ।
मत माग्ने क्रममा आज बिहान आफ्ना चुनाव चिन्ह हरन सहित घरदैलोमा पुगेका अनसारीलाई बाँकेको क्षेत्र नं.३ख का जानकी १ साईगाऊमा मतदाताहरुले चुनाव सम्म आफुहरु कस्सिएर लाग्ने र कसैको खाजा नखाने प्रण लिएका छन । घरदैलोमा उम्मेदवार अनसारी लगायत नेता गाँउमा पसेका थिए र गाँउका स्थानियहरुले समर्थन गर्दै उनले उठाएका एजेण्डामा सहमती जनाएका छन ।
उम्मेदवार अनसारी संगै जनमत पार्टी का नेता कार्यकर्ता बाँकेको क्षेत्र नंं.३ मा चुनाव चिन्ह हरन सहित घरदैलोमा पुगेका थिए।