बांके-कार्तिक १५ गते
जनता समाजबादी पार्टी नेपाल बांकेका नेता बिजय कुमार पाठकले उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका छन् । जनता समाजबादी पार्टी नेपालका तर्फबाट बांके क्षेत्र नं ३ [ख] का पर्देससभा सदस्यका उम्मेदवार पाठकले आज मतदाता भेटघाटका क्रममा निर्वाचन क्षेत्रका उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्ने बताएका हुन् ।
जनता समाजबादी पार्टी नेपालका उम्मेदवार पाठकले आज नेपालगंज-१६ जैसपुरमा भेटघाट घरदैलो गर्ने क्रममा पाठकले लिमरा खबर लाई जानकारी गराउदै जनताले कस्तो जनप्रतिनिधि चुन्ने विषयमा जनताको अधिकार हो, उम्मेदवारका विषयमा जनताले सही मूल्याङ्कन गर्छन्, हामी सबैको काम र हैसियत जनताले देखेकै छन् ।
नेता पाठकले भने जसपा राजनीतिक स्थायित्व र विकासको एजेन्डा लिएर जनतासमक्ष पुगेको भन्दै उक्त कुरालाई पूरा गर्न जसपालाई विजय गराउन आवश्यक रहेको पनि बताए। बांके क्षेत्र नम्बर ३ को [ख] प्रदेशसभा सदस्य उम्मेदवार बिजय कुमार पाठकले आफूले बोलेर होइन आफूले काम गरेर देखाउने बताएका छन्।
एमाले, राप्रपा, कांग्रेस उम्मेदवार जस्तो आफूले दोहोरो चरित्र नदेखई जनताको सेवामा लाग्ने बताएका हुन् । जनतालाई अन्य पार्टीले दिएको आश्वासनले पनि जनता आतिएको बताउँदै आफूहरुले विकासको योजना लिएर आएको थाहा पाएपछी स्वागत गरेको जैसपुरका स्थानिये नूर अह्मदले बताए । पुराना पार्टीले जनतालाई दुःख दिएका कारण जसपा पार्टीको उदय भएको उनको भनाइ छ ।आफूले ठूला एजेन्डा नबोकेको तर जनताको देनिकी र जिवनसँग जोडिएर दीर्घकालिन योजनालाई लिएर अघि बढेको जानकी गाऊपालिका जसपा का सभापती धर्म राज बर्माले बताएका छन् ।