बांके-कार्तिक १४ गते
बांके क्षेत्र नम्बर ३[ख] का उमेदवार बिजय कुमार पाठक ले भने निरन्तर यस क्षेत्रबाट चुनाव जितेर सत्तामा पुगेकाहरुलाई खै बिकास ? भनेर प्रश्न गर्नुपर्ने बताएका छन् । बांके जिल्ला मध्येको पिछडिएको क्षेत्र नम्बर ३ हो । पाठक ले प्रतिप्रश्न गर्दै भने, ‘यत्रो बर्ष सम्म जनताहरु किन आफुले जिताएको प्रतिनिधिलाई प्रश्न गर्दैनन् । यहाँको बिकास भएन भनेर किन सोध्दैनन् ।
जनताले जिताएको प्रतिनिधिलाई जवाफदेहिता बनाउनुपर्ने हरेक नागरिकको कर्तव्य भएको पाठक ले बताए । चुनाव जितेर जाने तर बिकासका नाममा माखो नमार्ने प्रवृत्ति अब नचल्ने र जनताको समस्यालाई कुल्चिएर हिड्ने छुट कसैलाई नभएको भन्दै पाठक ले आक्रोस व्यक्त गरे । नेपालमा बिकासको कुल बजेटको १५ प्रतिसत समेत खर्च नहुनु दुखद रहेको बताउदै बजेट अभाव भएर नभै नेतृत्वको भिजन र सोचको अभाव भएको उनको दावी थियो ।
कार्यक्रममा बोल्दै प्रदेससभा सदस्यका उमेदवार बिजय कुमार पाठकले बिशेष गरेर यस क्षेत्रको शैक्षिक बिकासका लागि आफुले सक्दो योगदान गर्ने बताए । यस क्षेत्रको स्थानिय सरकार ले निर्माण भएको बताउदै उम्मेदवार पाठकले सबैलाई मिलाएर लैजानुको बिकल्प नभएको जिकिर गरे । बिकास निर्माणलाई पुणर्ता दिनका लागी प्रदेश र संघमा पनि जसपालाई बिजयि गराउनु पर्ने पाठकको भनाई थियो ।