बांके-कार्तिक १४ गते
मंसिर ४ गते हुन गइरहेको नर्वाचनमा बाँके क्षेत्र नम्बर ३ [ख] जनमत पार्टी बाट पर्देशसभा सदस्यका उमेदवार सहबुद्दिन अनसारीले मतदाताको हौसला पाइरहेका छन् । घरदैलोका क्रममा अंसारीले मतदातासमक्ष उनले जनमत पार्टी र आफ्ना एजेण्डाहरु सुनाउँदै हिडिरहेका छन् । उनका एजेण्डा सुन्ने मतदाताहरु प्रभाविति भएर उनलाई शुभकामना दिइरहेका भेटिन्छन् । भिडभाड, तामझाम विना घरदैलो गर्ने र मतदातासँग अन्तक्र्रिया गर्ने पार्टीको नीतिअनुरुप घरदैलो कार्यक्रमलाई बढीभन्दा बढी अन्तक्रियात्मक बनाउने प्रयास गरिरहेको उनी बताउँछन् । जहाँ पुग्दा पनि मतदाताले अब विकल्प खोज्ने मुड बनाएका पाइएको उनको दाबी छ ।
उनले मतदातालाई निरास नबनाउने प्रतिबद्धता जनाउँदै हिडेका छन् । कतिपय मतदाताले अंसारीलाई जितिसकेपछि अन्य नेता जस्तो व्यवहार ना देखाउन अनुरोध गरिरहेका पनि पाइएको थियो । चुनावमा भोट माग्न दलबल सहित आउने तर निर्वाचित भैसकेपछि देखे नदेखेजस्तो व्यवहार नेताहरुले गर्ने गरेकाले यसो नगर्न मतदाताले अनुरोध गरेका थिए ।
अंसारीले मतदातालाई भेट्दै गलत गरेको खण्डमा कठालो समाउन सक्ने अधिकार जनतालाई रहेको भन्दै यसपटक सोच विचार गरेर आफ्नो मत खसाल्न अनुरोध गरे । शोमवार बिहान जानकी ३ रमवापुर मा घरदैलो गरेका अंसारीको टिमले अहिलेसम्म गरिएको घरदैलोमा जनताको मन जित्ने सकिनेमा विश्वास बद्ददई गएको अंसारीले बताएका छन् ।