नेपालगंज-कार्तिक १३ गते
बाँकेको नेपालगञ्जलाई पुर्ब भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको गढको रूपमा चिनिन्छ । बाँके–२ मा पर्ने नेपालगञ्जमा जनता समाजबादी पार्टी नेपालको संगठन बलियो छ तर पुर्बमन्त्री राई त्यहाँ आफैंमा लोकप्रिय व्यक्ति हुन् । बाँके–२ का लागि राई निकै बलिया उम्मेदवार हुन् । सत्ता गठबन्धनबाट सुदीपनरसिंह राणा उम्मेदवार बनेका छन् । उनी पनि चर्चामा देखिएका छन। धवल, खासई चर्चामा छैनन्। स्वतन्त्र उम्मेदवार दिवाकर खनालले निर्वाचनको दौडमा आफूलाई अग्रपङ्तिमा उभ्याएका छन्। र आफ्नो जीत निकाल्ने कसरतमा देखिन्छन्।
कोइरालाले २०७० सालसम्म बाँके–२ बाट चुनाव लड्ने गरेका थिए । सत्ता गठबन्धनमा निर्वाचन क्षेत्र बाँडफाँट गर्दा सहमति नभएपछि जसपाले गठबन्धन छाडेको हो । त्यसपछि कांग्रेसका सुदीपनरसिंहले चुनाव लड्ने अवसर पाएका छन् । सुदीपलाई माओवादी केन्द्र, नेकपा एस र राष्ट्रिय जनमोर्चाको साथ छ ।
सुदीप तरुण दलबाट राजनीतिमा आएका नेता भए पनि पुर्बमन्त्री इस्तियाक जस्तो जनतामाझ लोकप्रिय भने देखिँदैनन् । गत वैशाखको स्थानीय निर्वाचनमा वडाले पाएको मतलाई आधार मान्ने हो भने कांग्रेस बलियो देखिन्छ । कांग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४७८, जसपाले १३ हजार ८०९, राप्रपाले ८ हजार ४९४, माओवादी केन्द्रले ६ हजार ८५९, नेकपा एसले ८२१ र लोसपाले ५६४ मत प्राप्त गरेका छन् । बाँके–२ मा १६ जनाको उम्मेदवारी परेको छ, जसमा ५ जनाको स्वतन्त्र उम्मेदवारी छ।
पुर्बमन्त्री राईले डडुवाको डुबान समस्यादेखि नेपालगञ्जलाई परिवर्तन गर्ने गरी आफूले काम गर्ने बताउँदै भोट मागिरहेका छन् । नेपालगञ्जमा पर्ने बाँके–२ पश्चिम नेपालको प्रमुख व्यापारिक र औद्योगिक नगरीको रूपमा परिचित छ । फरक पार्टी संगठनका नेता-कार्यकर्ताहरूमाझ पनि राम्रो पकड बनाएका कारण राई अन्य उम्मेदवारका लागि चुनौति बनेका छन्। जनता समाजवादी पार्टीका उम्मेदवार इश्तियाक राईले विकास र सद्भावलाई मुख्य एजेन्डा बनाएका छन्। उनले आफूले संसद र मन्त्री रह्न्दा गरेका कामहरूबारे १६ पृष्ठको पुस्तक नै तयार पारेर मतदातामाझ पुगिरहेका छन्। सत्ता गठबन्धन साँच्चिकै एक भएर लाग्यो भने राप्रपाका उम्मेदवार धवल शमशेर राणा निर्वाचन रेसमा पछि पर्न सक्ने सम्भावना बढ्दो छ।