नेपालगंज-कार्तिक १२ गते
दीपावली सकिएसँगै जनमत पार्टीले बाँके क्षेत्र नं ३ [ख] मा आफ्नो निर्वाचन अभियान तीव्र बनाएको छ । क्षेत्र नं ३[ख] मा पर्ने जानकी ६ वटै वडामा शनिवार जनमतले घरदैलो शुरु गरेको छ ।
घरदैलोका लागि ६ वटै वडामा प्रतिनिधि खटिएका छन् । ७ दिन फिल्डमा तयारी गरेर प्रतिनिधिहरू आफूले जिम्मेवारी पाएको वडामा खटिएकोे जनमत पार्टी बाँके क्षेत्र नं ३[ख] का उम्मेदवार सहबुद्दिन अंसारीले लिमरा खबर लाई जानकारी दिए । जन मत पार्टी बाट क्षेत्र नं ३[ख] को उम्मेदवार रहेका सहबुद्दिन अंसारी जानकी वडा नं १ मा हुने घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।
अंसारीले भने हाम्रो नजर मा हिंदु मुस्लिम शिख ईसाई सब अपस मा भाई भाई सबई धर्म लाई मा सम्मान गर्छु हाम्रो जनमत पार्टीले किसान को लागी अंदोलन गरदे अई रहेको छ। किसानको लागि कृषि, शिक्षा, सडक, स्वास्थ्यमा कायापलट गर्ने गरि विकासको काम गरेर देखाउने उहाँले स्थानियसंग प्रतिवद्धता जनाउनुभएको छ ।यो घरदैलो कार्यक्रमलाई अभियानकैरूपमा लैजाने जनमत पार्टी को तयारी छ ।