बांके-कात्तिक १० गते
बाँके क्षेत्र नम्बर ३[ख] बाट जनमत पार्टी उम्मेदवार सहबुद्दिन अंसारी यस क्षेत्रको विकास निर्माणसँगै जनतालाई शिक्षा,स्वास्थ्य र रोजगारीमा सहज पहुँचका लागि आफूले सक्दो काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सभाका ३(ख) का उम्मेदवार सहबुद्दिन अंसारीले आफू जनताको घर आगन द्वारको कार्यकर्ता रहेकाले आफ्नो उपस्थिति जनतामाझ नै रहने भन्दै चुनाव जिताउन अनुरोध गरेका थिए । जानकी गाउँपालिका र परसपुरको कार्यकर्ताहरुलाई अघि बढ्न अपीलपनी गरेका थिए ।
मधेशी समुदाई मा नागरिकता को समस्या रहेको तेस्को समाधान जनमत पार्टी ले मात्र गर्न सक्छा अंसारी ले भने विगतको निर्वाचनमा प्रदेश सभा ३[ख] मा जितेका एमाले कांग्रेश नेताले चुनाव जितेर गइसकेपछि क्षेत्रमा फर्किएर पनि नआएको यथार्थ जनताका सामु छर्लङग रहेको भन्दै अंसारीले अहिले फेरि चुनावमा त्यही दल र उसका उम्मेदवारहरू बहुरूपिया बनेर जनतालाई झुक्याउन आइरहेकाले जनता सचेत हुनु पर्ने बताए ।
अंसारीले आफ्नो निर्वाचन क्षेत्र न.३[ख ] मा एमाले कांग्रेसले कुनै उल्लेखनिय विकास गरेका छन भने जनता ले कुनै उल्लेखनिय विकास भंदिनु भने सोधे र भोट माग्नेहरूलाई मतदाताले मंसिर ४ गते राम्रा जवाफ दिनुपर्ने बताउँछन। अंसारीप्रति मतदाताको विश्वास र भरोसा पनि बढ्दै गएको छ ।