बांके-कार्तिक ८,गते
बांके छेत्र नम्बर ३ [ख] प्रदेश सभा सदस्यका उम्मेदवार बिजय कुमार पाठकले आफूनिर्वाचित भएपछि टोलबाटै योजना छनोट गरेर सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । खजुरा गाउँपालिकाका वडा नम्बर १ मा जनता समाजबादी पार्टी नेपालले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं शुभकामना कार्यक्रममा बोल्दै पाठकले निर्वाचित भैसकेपछि जनताको घर–घरमा पटक–पटक आउने र आफ्नै सहभागितामा टोलबाटै योजना छनोट गरेर सम्बोधन गर्ने बताएका हुन् ।
बांके छेत्र न.३ प्रदेश सभा (ख) का लागि जसपा उम्मेदवार पाठकले जनताको अपेक्षा, जन गुनासो सुन्न र सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताउँदै मतदान गर्न आग्रह गरेका हुन् मतदाताहरु एकजुट निर्वाचनमा होमिएको उदाहरण दिँदै उनले बांके ३ [ख] मा पनि आफूसहित जनता समाजबादी पार्टी नेपालका उम्मेदवारलाई बहुमतले जिताउन आग्रह गरेका हुन् ।
पाठकले आफू निर्वाचन क्षेत्रमा मत माग्न मात्रै नआउने बताउँदै यस क्षेत्रको विकास गर्न, जनगुनासो सुन्न र सम्बोधन गर्नसमेत आउने प्रतिवद्धता व्यक्त गरे । ‘अहिलेसम्म यो क्षेत्रबाट धेरै व्यक्तिहरुलाई निर्वाचित गरेर पठाउनु भएको छ,’ उम्मेदवार पाठकले भने,‘तपाईहरुले निर्वाचित गरेर पठाएका व्यक्तिहरु राज्यको उच्च ओहदामा पुगेका छन् । तर, तपाईको घरआँगनमा कति पटक पुगेका छन् र कति समस्या सम्बोधन गरेका छन् आफै मूल्याङ्कन गर्नु होला । तर, म निर्वाचित भैसकेपछि पटक पटक यहाँका आवश्यकता, समस्या पहिचान गर्न र सम्बोधन गर्न पटक–पटक आउने छु । मलाई मतदान गर्ने जनतासँग भेट्न, गुनासा सुन्न र साँझ बिहानको चिया पनि आफ्नै निर्वाचन क्षेत्र र यहाँका जनतासँग बसेर खाने छु ।’
एमाले कांग्रेश माओबादी जनअपेक्षा अनुसारको पनि काम गर्न नसकेको उनको भनाइ थियो । ‘हिजोका दिनमा यहाँका पूर्व संसदले कति काम गर्न सके यहाँहरुले देख्नु नै भएको छ, । तसर्थ यहाँको समग्र विकास को काम समयमै अगाडि बढाउनसमेत जसपाका उम्मेदवार जित्न जरुरी छ ।’ यहाँहरुको जीवनस्तर उकास्नुका साथै विकास निर्माणका काममा कहिल्यै विभेद गर्नेछैनन्, अघिल्ला जनप्रतिनिधिको जस्तो विकासमा विभेद यस क्षेत्रका आम नागरिकले पाउने छैनन् ।