बांके-कार्तिक ८ गते
निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले शताब्दीयौँ पहिलेदेखि चल्दै आएको तिहार हाम्रो विशिष्ट मौलिक पर्व भएको उल्लेख गरेका छन् । उनले यो मौलिक सांस्कृतिक पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई समेत प्रगाढ बनाउन मद्दत पु¥याउँदै आएको बताएका छन् ।
पुर्ब मन्त्री राईले शुभकामना सन्देशमार्फत नेपालीहरूको महान् चाड तिहार–२०७९, नेपाल संवत् दिपावली पर्बको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।
औँसीको रातमा झिलिमिली बत्ती बाल्दै घर आँगन उज्यालो तुल्याउने कार्यले हामी सबैलाई अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने उनले बताएका छन् । यस अवसरमा निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले दीपावलीको उज्यालो प्रकाशले सबैलाई सत्य, धर्म, न्याय र सदाचारको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।