नेपालगंज-असोज १५ गते
सत्ता गठबन्धनलाई निर्वाचन क्षेत्रमा चुनौती दिन विपक्षी दल नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग चुनावी गठबन्धन गर्ने अन्तिम तयारी गरेको छ। एमालेका एक स्थायी समिति सदस्यका अनुसार प्रतिनिधि सभामा राप्रपालाई देशभर ६–७ सिट दिन एमाले अध्यक्ष केपी ओली तयार छन्। तर राप्रपाले भने १०–१२ सिट दाबी गरिरहेको छ।
एमालेका ती नेताका अनुसार राप्रपाले दिएको प्राथमिकताका आधारमा झापा ३ मा राजेन्द्र लिङ्देन, बाँके-२ मा धवल शमशेर राणा, जुम्लामा ज्ञानेन्द्र बहादुर शाही, रुपन्देही-१ मा दीपक बोहरा, काठमाडौँ–१ मा रवीन्द्र मिश्र र चितवन–३ मा विक्रम पाण्डेसहित ६ जनालाई सिट छोड्न ओली तयार भइसकेका छन्।ओलीले आफ्ना विपक्षीलाई साइजमा ल्याउन केही रणनीतिक महत्वका क्षेत्रमा राप्रपालाई छाड्न खोजेको देखिन्छ।