नेपालगंज-आश्विन १५ गते
नेपालगञ्ज क्षेत्र नं.२ मुख्य निर्वाचन अधिकृतको कार्यालय शनिबार स्थापना गरिएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपालगञ्जको रामलिला मैदान रहेको पशु कार्यालयको हाताभित्र रहेको भवनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय बनाइएको छ । यहाँ जिल्ला न्यायाधिश धनसिंह महरालाई मुख्य निर्वाचन अधिकृतमा खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । बाँकेमा तीनवटा निर्वाचन क्षेत्र रहेको । मंसिर ४ गते हुने चुनावको चहल पहल बढ्दै गएको छ ।
निर्वाचनका लागि चार वटै सुरक्षा निकाय आआफ्नो तयारीमा जुटिसकेको बताउँदै प्रजिअ सूर्यबहादुर खत्रीले भने, ‘असोज २३ गते र २६ गतेसम्म उम्मेदवारी दर्तादेखि चुनाव चिह्न प्रदान गरिसक्नु पर्नेछ, त्यसका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउने गृह कार्यमा जुटेका छौँ।’