काठमाडौं– असोज १४ गते
लाल मोहम्मद गोली हत्या कान्डमा अनुसन्धानका लागी गठन गरिएको समितिले घटनामा विषयमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तिनै जना नेपाली रहेका छन ।
घटनाको अनुसन्धानका लागि एसएसपी जनकराज भट्टराईको नेतृत्वमा एक समितिले ३ जनलाई पक्राउ गरेको पुष्टि गरेका छन फक्राउ पर्नेको नाम र ठेगाना भने गोप्य राखिएको छ । यद्यपी पक्राउ परेकाहरु सवै पर्सा जिल्लाकै भएको प्रहरी स्रोतको भनाई रहेको छ ।
काठमाडाैंको गोठाटारमा असोज ३ गते मोहम्मदलाई बा६च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुईजनाले गोली हानेर भागेका थिए ।सर्लाहीका व्यापारी मोहम्मदमाथि कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित कृष्ण मन्दिर नजिक गोली प्रहार भएको थियो । उनी आफ्नो गाडीबाट ओर्लिएपछि हतियारधारीले लखेटेर गोली प्रहार गरेका थिए ।
गम्भिर घाइते भएका मोहम्मदको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरी स्रोतका अनुसार मुख्य योजनकार पक्राउ परेका छैनन , पक्राउ पर्नेहरुले मोहम्मदको रेकी गर्ने गरेको हुन सक्ने प्रहरीको आन्तरिक स्रोतले बताएको छ ।