नेपालगंज-अशोज १३ गते
जानकी थापा-महान चार्ड पर्ब वडा दशै नजिकिदै गर्दा बाँकेको नेपालगन्ज जमुनाहा नाकामा दईनिक हजारौ संख्यामा भारतबाट स्वदेश फर्कर्दै गरेका नेपाली नागरिकको घुइचो लाग्ने गरेको छ । नेपाली सर्बसाधारणको यतिबेला नेपाल–भारत सिमानाका जमुनाहा मा घुइचो लाग्ने गरेको हो ।सुर्खेत का लाल बहादुर सुनार लिमरा खबर लाई जानकारी दिंदै कामका लागि भारतको गुजरात गयेको दशै मनाउनकै लागि स्वदेश फर्किएको बताउनुभयो ।
उहाँले पढाई नभएको कारणले भारत कमाउन गएको बताउदै चाडपर्व नजिकिएपछि गाउँ घरको मायाले काम छोडेरै स्वदेश फर्किएको सुनारले बताउनुभयो। बिभिन्न ठाउँबाट कामका लागि गएका हजारौ नेपाली सर्वसाधारण नेपालगन्ज जमुनाहा नाका भएर आउने गरेका छन् ।
जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा चाप बढेको छ जमुनाहा हेल्थडेस्कका स्वास्थ्यकर्मी ले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय जमुनाहा प्रहरी चौकीका इन्चार्ज माधव रिजालले भारतबाट काम गरेर आउने नेपाली सर्वसाधारणको सहजता लागि अनुगमनमा पनी कढाइ गरेको बताउनुभयो । भारतबाट पैसा कमाएर आएका नेपाली सर्वसाधारणलाई लागूऔषध खुवाएर ठग्ने,चोरी गर्नेको संख्या थुप्रो रहेकोले यतिबेला २४ सै घण्टा जमुनाहा नाकामा सुरछा प्रहरीको निगरानी रहेको जानकारी दिनुभयो ।