नेपालगंज-आश्विन ७ गते।
जिल्ला प्रहरी कार्यालयले जवरजस्ती करणी उद्योग मुद्दाका फरार एक जना लाई पक्राउ गरेको छ । जवरजस्ती करणी उद्योग मुद्दामा फरार रहेको प्रतिवादीलाई पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सम्मानित बाँके जिल्ला अदालतको चार वर्ष अघि जिल्ला अदालतबाट दोषी ठहर भइ फरार रहेको राप्तीसोनारी गा.पा.२ बस्ने ३६ वर्ष को गम बहादुर खत्री पक्राउ परेका हुन् ।
जिल्ला अदालतले खत्रीलाई २०७५ साल जेठ २३ गते जवरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ५ महिना ५ दिन कैद सजाय को फैसला गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९-६-७ गते निजलाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।