बांके-आश्विन ४ गते।
नेकपा एमाले बाँके जिल्ला कमिटीका सदस्य जयप्रकाश कुर्मी (चिन्टु) जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । गत स्थानीय तहको निर्वाचनमा टिकट बाँडफाँडमा असन्तुष्ट रहेका चिन्टुलाई मंगलबार जसपाका नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले पार्टीमा प्रवेश गराउनुभएको हो ।
जयप्रकाश कुर्मी स्थानीय तहको निर्वाचनअघि दलबल सहित एमालेमा प्रवेश गर्नुभएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका कृष्ण कार्कीले ८९६ मत प्राप्त गरी विजयी हुदा स्वतन्त्र उम्मेदवारी दिएका चिन्टुले ४०४ मत प्राप्त गरी तेश्रो स्थान हासिल गर्नुभएको थियो ।जानकारी अनुसार चिन्टुको आफनो दावी नभएपनि आफनो समूहका एकजनालाई पनि वडा सदस्यको टिकट नदिएपछि उनी असन्तुष्ट थिए । पार्टीमा लामो समयदेखि योगदान दिएकालाई बेवास्ता गर्दै नवप्रवेशी मध्ये कसैलाई अवसर प्राप्त हुँदा कसैलाई बेवास्ता गर्ने नेतृत्वको कमजोरीका कारण चिन्टु एमालेमा टिक्न नसकेको नगर कमिटीका एक नेताले बताउनुभयो ।
यसैगरी मंगलबार नै नेपाली काँग्रेस बांके का युवा नेता दिगम्बर जायसवाल पनि जसपामा प्रवेश गर्नुभएको छ ।