नेपालगंज-भदौ ३० गते
नेपालगञ्जस्थित भेरी अस्पताल हाताभित्र रहेको ब्लड बैंकको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज भवनको शिलान्यास गरे । यो भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तिन करोड रूपैयाँ विनियोजन गरिसकेको छ । भेरी अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको सडक डिभिजन कार्यालय बाँकेले जनाएको छ । विनियोजित बजेट मध्ये ५ लाख रूपैयाँ नक्सा र डीपीआरका लागि खर्च गरिनेछ । दुई करोड ९५ लाख रूपैयाँ भवन निर्माणमा खर्चिने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रबर्द्धन शाखाका उपसचिव पशुपति पुरीका अनुसार निर्माण व्यवसाय विकास परिषद्को भदौ १३ गतेको निर्णय अनुसार नेपालगञ्जमा ब्लड बैंकको नयाँ भवन बनाउन बजेट व्यवस्था भइसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले यसैबीच आजै डुडुवा गाउँपालिका वडा नम्बर ३ रमपुर्वामा वडा नम्बर ४ र ५ को सिमानामा पर्ने मोहनदास बाबा कुट्टीमा दुई छुट्टा छुट्टै पुलको शिलान्यास पनि गरेका छन् । यो पुल बनेमा त्यस क्षेत्रका बासिन्दालाई डुडुवा खोला वारपार गर्न सहज हुनेछ । जसपा बांके का सचिब राजेंद्र बिक ले जा नकारी दिनु भएको।