नेपालगंज- भाद्र २३ गते
नेपल सरकार रोजगार मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा सन्चालित सुरक्षित आप्रवासन सामि कार्यक्रमका लागि नेपालगन्ज उपमहानगरपालिकाले कर्मचारी भर्ना गर्न लिइएको लिखित परिक्षाको रिर्जल्ट रोकिएको छ । नतिजा प्रकाशनमा उपमहानगरपालिकाका जनप्रतिनिधीबिच विवाद बढेपछि उक्त नतिजा अहिलेसम्म प्रकाशन हुन नसकेको खुलेको छ । गएको १८ गते लिइएको परिक्षामा उपमहानगरपालिकाका केही जनप्रतिनिधीका आफन्त फेल भएपछि यतिबेला जनप्रतिनिधी र परिक्षा सन्चालन तथा पदपुर्ति समितिबीच नै आन्तरिक विवाद बढेको खुलेको छ । जसका कारण परिक्षार्थीहरु मर्कामा परेका छन । विवादले भित्रभित्रै चरम रुप लिएपछि १८ गते लिएको परिक्षाको रिर्जल्ट तत्काल प्रकार्शित गर्ने भनिएपनि अहिलेसम्म हुन नसकेको नेपालगन्ज उपमहानगरपालिका ले बताउँछ । मन्त्रालयको सम्झौता अनुसार नेपाल गंज उपमहानगरपालिकामा बैदेशिक रोजगार सम्बन्धी सुचना, परामर्श तथा सिप विकास तालिम न्यायमा पहुँच परामर्शदाता नियुक्तीका लागि यसअघि आवेदन नै गरेर परिक्षा लिइएको थियो । साउन १३ गते प्रकाशित विज्ञापनमा कार्यक्रम संयोजक, सामाजिक परिचालन अधिकृत, आप्रवासी स्रोत केन्द्र परामर्शदाता, मनोसामाजिक परामर्शदाताका लागि नागरिकबाट आवेदन लिइएको थियो । नाम ना खोलाउने सर्त मा नेपालगंज उपमहानगरपालिकामा कार्येरत कर्मचारी ले जानकारी दियेको विज्ञापनपछि परिक्षा भएको तर आन्तरिक केही जटिलताका कारण अहिले रिर्जल्ट प्रकाशनमा ढिलाई भएको बताउँछन ।