नेपालगञ्ज-भदौ २२
विनोद न्यौपानेलाई नेपाली कांग्रेस बाँकेको क्षेत्रीय प्रतिनिधि मनोनित गरेको छ । कांग्रेसको विधान अनुसार सभापति नारायणप्रसाद गौडेलले न्यौपानेलाई क्षेत्रीय प्रतिनिधिमा मनोनित गरेका हुन् ।कांग्रेस विधान अनुसार अधिवेशन सम्पन्न भएपछि प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्र र प्रदेशसभा क्षेत्रीय सभापतिहरुले बढीमा ७ जना क्षेत्रीय प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर सभापति गौडेलले न्यौपानेलाई क्षेत्रीय प्रतिनिधिमा मनोनित गरेका हुन् । गौडेलले यसअघि डिल्ली गिरीलाई क्षेत्रीय प्रतिनिधि मनोनित गरेका थिए । गिरी हाल नेपाली कांग्रेस बाँकेको प्रबक्ता छन् ।
न्यौपानेसंगै सभापति गौडेलले आज कोहलपुरकी नारायणी घिमिरे, राप्तीसोनारीका प्रेमराज श्रेष्ठ, बैजनाथका पवन थारु र कोहलपुरका गोपाल सापकोटालाई क्षेत्रीय प्रतिनिधि मनोनित गरेको सचिव सुधांशु कोइरालाले बताए । अब सभापतिले एक जना क्षेत्रीय प्रतिनिधि मनोनयन गर्न बाँकी छ ।