कपिलवस्तु- भाद्र १७ गते
जनता समाजवादी पार्टी नेपालले कपिलवस्तु क्षेत्र नं ३ ले प्रतिनिधी सभा तथा प्रदेश सभा पदको उम्मेदवारको नाम सिफारिस गरेको छ । जसपा नेपाल कपिलवस्तु क्षेत्र नं ३ को क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरी कुर्मीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जसपा नेपालका केन्द्रिय सदस्य राम बरण प्रसाद यादवको प्रमुख अतिथ्यिता बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको उम्मेदवारको नाम सिफारिस गरेको छ । बैठकले कपिलवस्तु क्षेत्र नं ३ को प्रतिनिधी सभा सदस्य पदको लागि प्रत्यक्ष तर्फ अशोक कुमार यादवको नाम सिफारिस गरेको छ । यादव जसपा नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुन । त्यस्तै बैठकले प्रदेश ३ (क) को प्रदेश सभा सदस्य प्रत्यक्ष तर्फमा जगदम्बा प्रसाद चौधरी कुर्मी, सतिस चन्द्र गुप्ता, प्रमिला चौधरी, मिनहाज आलाम खाँ को नाम सिफारिस भएको छ । त्यस्तै क्षेत्र नं ३ (ख) बाट प्रत्यक्ष तर्फ शिव पुजन यादव, अब्दुल नवाब खाँ, आरति सिंह यादव र अस्लम खानको नाम सिफारिस गरिएको छ । प्रतिनिधी सभासमानुुपातिक तर्फ राम बरण प्रसाद यादव, तजरुम मेहताव खान, सन्तराम तेली, रेखा श्रीवस्ताव, अब्दुल रहमान खानको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ३ (क) बाट समानुपातिक तर्फ पुनम चौधरी, प्रभु यादव, खुर्शेद आलम खा र राम किसुन यादवको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं ३ (ख) को समानुपातिक तर्फबाट जगमोहन बरई, शाहिदा खातुन र चिन्कनी थारुको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।