बाँके नेपालगंज- साउन, ३० सरकारले मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति तोकेसँगै नेताहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा दौडधुपमा सक्रिय भएका छन् । उनीहरुले आफुले गरेको काम र आउने दिनमा गर्ने कार्यसुची लिएर दौडधुपलाई तीव्रता दिएका छन् । यति बेला नेताहरुले आ–आफ्नो पार्टीका शीर्ष नेतालाई भेट्दै टिकट पाउनको लागि पहल गरिरहेका छन् । बाँकेको क्षेत्र नम्बर ३ को ‘ख’ बाट यस पाली प्रदेश सभाको निर्वाचनमा प्रदेश सदस्य उम्मेदवारीका लागि जसपा नेपाल का युवा नेता बिजय कुमार पाठक को सम्भावना देखिएको छ । पाठक स्थानीय चुनाव सकिएपछि निरन्तर जनताको बीचमा रही जसपा नेपाल लाई थप बलियो बनाउनका लागि सक्रियपुर्वक लागेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाल गंज उपमहानगरपालिकामा १७ मा वडा अध्येछ पदको उम्मेदवारी दिने पुर्ण तैयारीमा रहे पनि स्थानीय जिल्ला, प्रदेश तथा केन्द्रका शिर्ष नेताहरुको आग्रहमा उम्मेदवारी नदिएका पाठकले प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी दिने देखिएको छ । मंसिर ४ गते प्रदेश सभाको निर्वाचनमा बांके क्षेत्र नम्बर ३ ‘ख’ बाट उम्मेदवारी दिने तैयारीमा रहेको बिजय पाठकले बताए । पाठक असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् ।
जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार यसपाली पाठक जसपा नेपाल पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् । जसपा नेपाल पार्टी बांके जिल्ला बाट संघिये परिसद सद्स्य पदमा बसी जसपा नेपाल पार्टी लागि निरन्तर ५ वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन् । स्थानीय निर्वाचनमा बिजय पाठक लाई टिकट नदिए पनि पाठकले पार्टीको नीती, सिद्धान्त अनुसार जसपा नेपाल पार्टी पार्टीका उम्मेदवारहरुको लागि घरदैलो गरि मत माग्नमा निकै सहयोग पु¥याएका छन् । उनलाई पार्टीले प्रदेश सभा निर्वाचनका लागि टिकट दिए जीत्ने प्रबल सम्भावना देखिएको छा । जसपा नेपाल पार्टी का नेता रमेश कुमार बर्मा ले बताएका छन्।