नेपालगन्ज २२ श्रावण – इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमको ७ तरिखको हुसैनी जुलुस आज परसपुरमा हर्षोउल्लासका साथ निस्कने भएको छ । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने मोहर्रम पर्व आइतवारदेखि प्रारम्भ भएसंगै आज अर्बि ७ तारीख शनिवार का दिन राती नेपालगन्ज १७ परसपुर मा भव्य जुलस निस्कने भएको हो । मोहर्रम पर्व अन्तर्गत आगामी दिनहरुमा आलम, बाजागाजा, सहित झ्याकी जुलुस लगायत साउन २३ गते राती भाकल राखी पायक भर्ने तथा ताजियादारी लगायत विभिन्न किसिमको झ्याकी गरि रात्री जाग्राम बस्ने र साउन २४ गते दिउँसो परसपुर भिकुटीनगर स्थानीय कर्बलाको मैदानमा विसर्जन गर्ने कार्यक्रम रहेको परसपुर मोहर्रमसमितिका अधेछ अख्तर अलि बेहनाले जानकारी दिनु भयेको छ ।
अर्बि पात्रो अनुसार मुसलिम समुदईको मोहर्रम पहिलो महिना हो, त्यसैले इस्लाम धर्मवलम्बिहरुले नयाँ वर्षको रूपमा खुशियाली मनाउने भएपनि मोहर्रम दुःखको महिना भएको हुनाले मुस्लिम समुदायले यसलाई शहिदहरूको सम्झनामा दुःखको रुपमा मनाउँदै आएका छन् । मुस्लिम धर्म गुरु भने अनुसर ईराकमा यजीद शासकको सेनाले हजरत इमाम हुसैन सहित उनको परिवार सदस्य, आफन्त र अन्य साथीहरुको नरसंहार गरेका थिए । विश्व भरी नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगञ्ज १७ परसपुरमा पनि शताब्दीयौंदेखि मनाइँदै आएका छन ।