सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ६ अरनिको हाइवे मा आज एस्क्याभेटरको बकेटले बिजुलीको तार छुँदा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
अन्दाजी करिब बेलुकी ५ बजेको समयमा अरनिको हाइवे अन्तर्गत काम गर्नका लागि ल्याएको एक्स्क्याभेटरमा मध्य भोटेकोसी आयोजनामा काम गर्ने चाइनिज कम्पनी GHCB ले अरनिको हाइवे छेउमा थुपारेको गिटि माथी मेशिन राखेर डिजेल हाल्न खोज्दा मेशिनको बकेटले माथी भएको बिजुलीको तार छुँदा उक्त दुर्घटना भएको स्थानीय इश्वरलाल श्रेष्ठ (ज्वाला) ले जानकारी दिएका छन् ।
श्रेष्ठका अनुसार घटनामा परी बाह्रबिसे नगरपालिका ८ का दिपक भण्डारीको मृत्यु भएको छ ।