प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सोमबार पदबाट राजीनामा दिएका छन् ।
सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर उनले राजीनामा दिएको स्रोतले जानकारी दिएका छन् ।
आफूले दाबी गरेअनुसार सर्वोच्च अदालतले फैसला नदिएपछि उनले राजीनामा दिएको बुझिएको छ।
गत वैशाख १९ गते सरकारले धीरजप्रताप सिंहलाई आइजी बनाएपछि असन्तुष्ट पोखरेलले यसबिरुद्ध सर्वोच्च गुहारेका थिए।
गत असार ३१ गते सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नै निरन्तरता दिने आदेश दिएपछि पोखरेलले सोमबार राजीनामा पत्र बुझाउनुभएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।