लिसंखुपाखर गाउँपालिका वडा नं ५ को बर्णा भन्ने ठाउँमा आज दिउँसो चट्याङ पर्दा एकजनाको मृत्यु भएको छ ।
आज दिउँसो करिब ३:३० बजेतिर ठूलो पानी परिरहेको समयमा चट्याङ पर्दा अन्दाजी बर्ष ५० को महिला बसुन तमाङको मृत्यु भएको प्रहरी चौकी मुडे ले जनाएको छ ।
स्थानिय मीन बहादुर तमाङको अनुसार चट्याङ परेको झण्डै डेढ घण्टा पछि मात्र निजलाई घर भन्दा केही पर रहेको गोठमा बेहोस भई ढलेको अवस्थामा निजको श्रीमान काले तमाङले भेटेका थिए । बेहोस अवस्थामा भेटे लगत्तै हारगुहार गरि सबै मिलेर तुरुन्तै खाडिचौर सदाबहार हस्पिटल लैजाँदा हस्पिटलले निज बसुन तमाङको मृत्यु भैसकेको बताएका थिए ।