असार ३० गते बिहिवार साँझ अचानक भोटेकोसी गाउँपालिका २ कोदारी घट्टेखोलामा मेराक भन्दा माथिबाट आएको बाढीले कोदारी राजमार्गको सडक नै भत्काईदिएको छ ।
बेलुकी ६ बजेतिर अचानक बाढी आउन थालेपछि मानवीय क्षती नभएपनी भौतिक क्षति भने धेरै भएको बताउनुहुन्छ नेपाल ट्रक कन्टेनर व्यवसायी संघका अध्यक्ष अर्जुन बहादुर सापकोटा ।
सडक अवरुद्ध भएपछी यातायात आवतजावत बन्द भएको छ ।