रूपईडीहा फागुन ४ गते।
भारत-नेपाल सीमा नजिक रहेको रूपईडीहा बजारमा प्रहरीले ठूलो मात्राको चरस बरामद गर्दै दुई जना लागुऔषध तस्करलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट २० लाख भारतीय रुपैयाँ मूल्य बराबरको चरस फेला परेको प्रहरीले जनाएको छ।
शुक्रबार राति रूपईडीहा थाना अन्तर्गत उप-निरीक्षक यतीन्द्र सिंह कमाण्डमा खटेको टोलीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका थिए। तलासी लिँदा उनीहरूका साथबाट ४ किलो ५० ग्राम चरस बरामद भएको थियो।
थाना प्रमुख दद्दन सिंहका अनुसार पक्राउ परेका अभियुक्तहरू कोतवाली देहातको शाहपुर जोत निवासी मोहम्मद हनीफ र करीम गाउँ निवासी हवलदार खान हुन्। दुबै जनाविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ। अदालतमा पेश गरेपछि प्रहरीले उनीहरूलाई न्यायिक हिरासतमा पठाएको छ।
स्थानीय स्रोतका अनुसार नेपालतर्फ सशस्त्र प्रहरी बल सिमानाकामा तैनाथ रहे पनि नेपालतर्फबाट ठूलो मात्रामा चरस तस्करी भइरहेकोले स्थानीय बासीले सुरक्षाकर्मीको मिलोमतो रहेको आरोप लगाएका छन्।