नेपालगञ्ज माघ २६ गते ।
बाँके प्रहरीले अनादर चेक मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरी अदालतमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–११, भूपू सैनिक टोल निवासी ४१ वर्षीया मिना चन्दलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार अदालतले उनलाई तीन वर्ष, दुई महिना, २१ दिनको कैद सजाय तोकेको थियो। अनादर चेकसम्बन्धी तीन फरक मुद्दामा अदालतले सजाय सुनाएपछि पनि उनी फरार थिइन्।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले चन्दलाई उनकै घरबाट पक्राउ गरिएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले उनलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत बाँकेमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कार्कीले फरार प्रतिवादीहरूलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन गरिरहेको जनाएको छ।