उढरापुर पुष १७ गते।
खजुरा गाउँपालिका वडा नम्बर ६, उढरापुरस्थित भानु माध्यमिक विद्यालयले विद्यालय व्यवस्थापन समिति गठन गरी पूर्णता पाएको छ। समितिका अध्यक्षमा समसुदुहा खाँ (बद्दाम) सर्वसम्मतिबाट निर्विरोध निर्वाचित भएका छन्। समितिको अध्यक्ष पदका लागि सर्वसम्मत निर्णयले विद्यालय व्यवस्थापनमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ।
समितिको अध्यक्ष बनेसँगै समसुदुहा खाँको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिले आजैदेखि औपचारिक रूपमा काम सुरु गरेको छ। विद्यालयका प्रधानाध्यापकका अनुसार नयाँ नेतृत्वले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र विद्यार्थीहरूको समग्र शैक्षिक विकास सुनिश्चित गर्नका लागि विभिन्न नवीन योजना लागू गर्ने उद्देश्य राखेको छ।
विशेष गरी विद्यालयको भौतिक पूर्वाधारको विकास, पठनपाठनको गुणस्तरमा सुधार र विद्यार्थीहरूको सीप अभिवृद्धिमा ध्यान केन्द्रित गरिने बताइएको छ। समितिको गठन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक र समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालय व्यवस्थापन समितिको नयाँ संरचनाले स्थानीय अभिभावक र विद्यार्थीहरूमा उत्साह र आशाको भावना उत्पन्न गरेको छ।
नयाँ नेतृत्वको मार्गदर्शनमा भानु माध्यमिक विद्यालयले शैक्षिक, सामाजिक र सांस्कृतिक गतिविधिहरूमा उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास गरिएको छ। स्थानीय समुदायले विद्यालयको प्रगतिमा सक्रिय सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। विद्यालय व्यवस्थापनमा आएको यो परिवर्तनले भविष्यमा विद्यालयको स्तरवृद्धि गर्ने अपेक्षा गरिएको छ।
विद्यालय व्यवस्थापन समितिको चार पदका लागि सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट युवा नेता समसुद्धुहा खाँ (बद्धाम) नेतृत्वको प्यानलले पूर्ण विजय हासिल गरेको थियी। खाँको नेतृत्वमा रहेको समूहले प्रतिस्पर्धामा रहेका सबै पदहरु जित्दै बलियो समर्थन पाएको देखिन्थ्यो।