बाँके मंसिर २७ गते ।
सशस्त्र प्रहरी बल नेपाल, ३० नम्बर गण बाँगेश्वरी हेडक्वाटर बाँकेको मातहतमा पर्ने चौलीका चेकपोइन्टमा खटिएको टोलीले अवैध रूपमा ल्याइँदै गरेको चिनी र कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल बाँकेका एसपी बिमल डाँगीको कडा निर्देशनमा भे १ ख २१६७ नम्बरको माइक्रो गाडीबाट एक कुन्टल चिनी र विभिन्न प्रकारका माँहगो मूल पर्ने लेडीज सुट बरामद गरिएको हो।
स्रोतका अनुसार, गाडी र सामान तस्करीमा संलग्न महिला दुबै कोहलपुरका हुन्। चेकजाँचका क्रममा गाडीभित्र लुकाइएका ती सामान बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। बरामद गरिएको सामानलाई भन्सार कार्यालय नेपालगञ्जमा पठाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
एसपी डाँगीले अवैध तस्करीलाई रोक्न सीमाक्षेत्रमा कडा निगरानी राखिएको बताएका छन्। उनले भने, “सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसारलाई रोक्न विशेष अभियान सञ्चालन भइरहेको छ।” तर आइसिपिमा रहेको सशस्त्र प्रहरी बल नेपालको गुल्माको मताहतमा जमुनाहा नाकामा तैनाथ सुरक्षाकर्मीको आँखा गाडी माइक्रोबस स्टेन्डसम्म कसरी चिनी कपडा पुगिन्छ यस विषयमा स्थानीयवासीहरूले नाकामा खटेका सशस्त्र प्रहरीमाथि तस्करसँग मिलोमतो रहेको आरोप लगाएका छन् ।
सशस्त्र प्रहरीले यसअघि पनि बाँके र आसपासका क्षेत्रहरूमा सञ्चालन गरिएको निगरानीका क्रममा ठूला परिमाणमा अवैध सामानहरू बरामद गर्दै आएको छ। यी अभियानहरूले सीमाक्षेत्रमा हुने अवैध व्यापारमा संलग्न गिरोहमा त्रास उत्पन्न गराएको छ।
सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाहरूले सशस्त्र प्रहरीको सक्रियतालाई सराहनिए कार्य भनेका छन्। उनीहरूका अनुसार सशस्त्र प्रहरीले अवैध गतिविधिहरू नियन्त्रणमा सघाउन प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ। सशस्त्र प्रहरीको सक्रियता र प्रभावकारी निगरानीका कारण सीमाक्षेत्रमा हुने चोरी तस्करीका गतिविधि रोक्न सहयोग पुगेको छ। एसपी डाँगीका अनुसार, सीमामा पर्ने चेकपोइन्टहरूमा विशेष निगरानी र चेकजाँचका अभियानहरू निरन्तर जारी रहनेछन्।
सशस्त्र प्रहरीले सीमाक्षेत्रका अन्य चेकपोइन्टहरूमा पनि यस्तै कडा निगरानी राखी अभियान सञ्चालन गरिरहेको छ। यस प्रकारका निगरानीका कारण सीमाक्षेत्रको सुरक्षामा सकारात्मक प्रभाव देखिएको छ। स्थानीय स्रोतका अनुसार, कडा निगरानीले तस्कर गिरोहहरूलाई सीमाक्षेत्रमा सक्रिय हुन कठिन बनाएको छ।