कोहलपुर कार्तिक २३ गते।
पत्रकार तथा समाजसेवी आशिष मल्ल ठकुरीको परोपकारी कामले समाजमा एउटा प्रेरणादायक उदाहरण प्रस्तुत गरेको छ। कोहलपुर नगरपालिका वडा नम्बर १२ शान्ति टोलका भीम बहादुर घर्ती र दिलकुमारी घर्तीका १६ वर्षीय छोरा सन्दीप घर्ती अचानक बिरामी परेपछि, परिवारले ठूलो कठिनाइको सामना गर्नुपर्यो। सन्दीपलाई नेपालगन्जको एक अस्पतालमा भर्ना गरिएको थियो, तर उपचारमा सुधार नदेखिएपछि उनलाई लखनऊ लैजानु परेको थियो।
लखनऊको देबिना अस्पतालमा उपचारका लागि पुगेपछि अस्पतालको लापरवाही र गैरजिम्मेवारी व्यवहारले परिवारलाई थप निराश बनायो। औषधिका लागि दैनिक ४०-४५ हजार भारतीय रुपैयाँ खर्च गर्दै परिवार आर्थिक कठिनाइमा फस्न थाल्यो। एक महिना बित्दा पनि सन्दीपको स्वास्थ्यमा कुनै सुधार नदेखिएपछि परिवार थकित र निराश भएको थियो।
यस्तो विकट अवस्थामा पत्रकार आशिष मल्ल ठकुरीले घर्ती परिवारलाई नयाँ आशा दिएका छन्। उनले आफ्नो व्यक्तिगत जिम्मेवारीलाई छोडेर घर्ती परिवारलाई सहयोग गर्न हात अघि बढाए। आशिषले घर्ती परिवारलाई थप निराश नगरी सन्दीपको उपचारका लागि पुनः लखनऊ लिए र अस्पतालको लापरवाहीका बाबजुद पनि सन्दीपको उपचारमा सुधार ल्याउन र प्रभावकारी उपचार दिलाउन निकै संघर्ष गरे।
पत्रकार तथा समाजसेवी आशिष मल्लको यस प्रकारको सेवाभावले एक असल समाजसेवीको उदाहरण प्रस्तुत गरेको छ। उनका यस कामले समाजमा मानवीयता, सहानुभूति र सहयोगको महत्वपूर्ण सन्देश दिएका छन्। कठिन समयमा परोपकारी र मानवताको महत्त्वलाई बुझ्न सकिन्छ कि जब हामीले अरूको दुःखमा साथ दिन्छौं।