बाँके कार्तिक १६ गते ।
सशस्त्र प्रहरी बल नेपालमा कार्यरत हवलदार शेरबहादुर सुनारमाथि भारतीय व्यापारीसँग गैरकानुनी रुपमा रकम असुली गरेको आरोप लागेको छ। बागेश्वरी ३० नम्बर गण हेडक्वाटरमा कार्यरत सुनारले भारत-नेपाल सीमा क्षेत्र नजिकैको रूपैडिया बजारमा गएरका स्यानो व्यापारीसँग पटक-पटक डरत्रास देखाएर आफू एसपीको घुमुवा हुँ भनेर रकम लिएको स्रोतको भनाइ छ। सुनारमाथि गैरकानुनी गतिविधिमा संलग्न रहेको पुष्टि भएमा कडा कारबाही हुने सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
सुनारले आफूलाई एसपीको घुमुवा बताउँदै रूपैडियाका व्यापारीहरूबाट डर धम्कीका माध्यमबाट पैसा असुल गरेको जानकारी प्राप्त भएको छ। यस क्रममा उनले आफ्नो निजी व्हाट्सएप म्यासेन्जरबाट व्यापारीसँग सामसङ कम्पनीको मोबाइल समेत मागेको प्रमाणसमेत भेटिएको छ। व्यापारीहरूसँगको कुराकानी र आर्थिक लेनदेनका प्रमाणहरू सार्वजनिक भएपछि सुनारको यो कार्य चर्चामा आएको हो।
सशस्त्र प्रहरीलाई सिमा नाकामा गैरकानुनी क्रियाकलाप चोरी पैठारी नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रमा खटाउने निर्णय गरेको छ। तर, बागेश्वरी ३० नम्बर गणले गैरकानुनी क्रियाकलापमा संलग्न देखिएका सशस्त्र प्रहरीहरूलाई कारबाही गर्दै आएको बताइन्छ। केही दिनअघि जमुनाहा नाका स्थित जयसपुर बीओपीबाट खटिएका सुनारमाथि तस्करहरूसँग पैसा लिएको आरोप लागेपछि उनलाई हेडक्वाटर तानिएको हो। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अघि सारेको नीति विपरीत हवलदार शेरबहादुर सुनारले आफू घुमुवा हुँ भन्दै रकम उठाउने, रकम लिएर तस्करी गर्न लाइन दिने काम सुनारलेले गरेका छन् ।
स्रोतका अनुसार, सशस्त्र प्रहरी बल ३० नम्बर गणले सिविलमा कुनै पनि सशस्त्र प्रहरीलाई नखटाएको जानकारी प्राप्त भएको छ। वर्तमान अवस्थामा, सशस्त्र प्रहरीको भूमिकालाई पारदर्शी बनाउन र सीमाक्षेत्रमा सुरक्षा मजबुत बनाउन एसपी बिमल डाँगीको अनुगमन र परीक्षणको कामलाई तीव्र पारिएको छ। तर, सुनारको यो किसिमको व्यवहारले सशस्त्र प्रहरी संगठनको छविमा प्रतिकूल असर पारेको देखिएको छ।
घटनाको अनुसन्धानका क्रममा सुनारले भारतीय बजार रूपैडियाका स्यानो व्यापारीलाई धम्की दिएर पैसा असुल गरेको र आफू उच्च सशस्त्र प्रहरी अधिकारीको घुमुवा भएको झुटो कुरा गर्दै गैरकानुनी लेनदेनमा संलग्न भएको यो प्रमाणले पुष्टि गरेको छ।
सशस्त्र प्रहरी बलले सुनार जस्ता प्रहरी कर्मचारीहरूको अनुशासनहीन कार्यलाई रोक्न ध्यान दिनु जरुरी रहेको छ। सीमा सुरक्षा महत्वपूर्ण विषय भएकाले यस क्षेत्रमा खटाइएका सशस्त्र प्रहरीहरूलाई नैतिक जिम्मेवारीसहित पारदर्शिताको व्यवहार प्रदर्शन गर्न आवश्यक छ। सशस्त्र प्रहरी बलको मर्म र उद्देश्य पूरा गर्नका लागि सशस्त्र प्रहरी कर्मचारीको इमानदारी र निष्पक्षताको आवश्यकता अझ बढी बढेको छ।
यस प्रकारका गतिविधिहरूलाई नियन्त्रण गर्न र सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी हेडक्वाटर बाँकेलाई थप सशक्तिकरणका लागि आवश्यक उपाय अवलम्बन गर्ने र अनुगमन प्रक्रिया थप कडा बनाउने देखिन्छ ।