बाँके कार्तिक ९ गते।
जमुनाहा नाकाको पूर्व शर्मागली साइडमा तस्करीको गतिविधिमा केही कमी आएको छ। सशस्त्र प्रहरी बल नेपाल जयसपुर बीओपी इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक ललित शाहीको नेतृत्वमा सुरक्षा व्यवस्थामा कडाई गरिँदै आएको छ। उनले शर्मा गलीदेखि ३० नम्बर पिल्लरसम्म चौबीसै घण्टा सुरक्षा निगरानी बढाएका छन्, जसले गर्दा यस क्षेत्रमा हुने तस्करीमा केही हदसम्म कमी आएको छ।
स्रोतका अनुसार, यो क्षेत्रबाट भइरहेको तस्करीमा पछिल्लो समयमा उल्लेखनीय कमी देखिएको छ। सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरी, बाँकेका गणपति बिमल डाँगी आफैं फिल्डमा खटेर यो क्षेत्रको तस्करीलाई रोक्न निरन्तर अनुगमन गरिरहेका छन्। स्थानीय किराना व्यवसायीहरूले पनि यसलाई पुष्टि गर्दै सुरक्षा कडाईले तस्करीमा रोक लागेको बताएका छन्।
स्थानीय बासिन्दाका अनुसार, ठूला ठूला तस्करहरूको प्रभावका कारण जमुनाहा गाउँका जनताले घरायसी प्रयोजनको लागि रुपैडियाबाट आवश्यक सामान ल्याउन समेत कठिनाइ भोग्दै आएका थिए। सिमानाको दुरुपयोग गरी भइरहेका तस्करी गतिविधिहरूले स्थानीय जीवनलाई पनि प्रभावित पारेको थियो। घरायसी प्रयोजनका लागि पनि सिमानाबाट सामान ल्याउन समस्या भइरहेको अवस्थामा, सशस्त्र प्रहरी बलले गरेको कडा निगरानीका कारण अहिले स्थानीय बासिन्दालाई केही राहत मिलेको छ।
सशस्त्र प्रहरी बल जयसपुर बीओपीले असईको कमाण्डमा सिमानामा कडाई गर्दै तस्करीलाई रोक्नका लागि निरन्तर प्रयास गरिरहेको छ। यस क्रममा, शर्मा गलीदेखि ३० नम्बर पिल्लरसम्मको क्षेत्रमा सुरक्षा निगरानी उल्लेखनीय रूपमा बढाइएको छ। यो सुरक्षा प्रयासले सीमा क्षेत्रमा तस्करी रोक्न प्रभावकारी भूमिका खेलेको छ।
जमुनाहा नाका आसपासका बासिन्दाहरूले सशस्त्र प्रहरी बलले गरेको कामको प्रशंसा गर्दै यसले तस्करीलाई घटाउन ठूलो योगदान दिएको बताएका छन्। उनीहरूका अनुसार, यस प्रकारको सुरक्षा निगरानीले तस्करी गतिविधिहरूलाई निरुत्साहित गर्नेछ र स्थानीय जीवनलाई सहज बनाउनेछ। सशस्त्र प्रहरीको निरन्तर अनुगमन र कठोर कदमले सीमा क्षेत्रमा हुने अवैध गतिविधिहरूमा कमी ल्याउन मद्दत गरेको छ।
सिमाना सुरक्षामा सशस्त्र प्रहरी बलले गरेको प्रयासले लामो समयदेखि भइरहेको तस्करीलाई केही हदसम्म नियन्त्रणमा ल्याएको छ। यो कामलाई अझै प्रभावकारी बनाउन निरन्तर सुरक्षा सुदृढीकरण आवश्यक रहेको स्थानीय बासिन्दाहरू बताउँछन्।