कैलाली असोज १९ गते।
कैलालीको त्रिनगर भन्सार नाकाबाट सामान तस्करीको प्रयासमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीका तीन जना कर्मचारीमाथि विभागीय कारबाही सुरु भएको छ। सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, हवल्दार मोहन भट्ट र सहायक हवल्दार रामबहादुर कुवरले भन्सार नतिरी विभिन्न प्रकारका लत्ताकपडा ल्याउने प्रयास गरेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।
तीन जनाको टोलीले अफिस प्रयोजनको नाममा निजी गाडीमा भारतबाट सामान ल्याउने प्रयास गरेको र त्रिनगर भन्सार क्षेत्रमा सशस्त्र प्रहरी बल नं. ३४ गण कैलालीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। यस घटनाको अनुसन्धानका क्रममा भन्सार नतिरी सामान ल्याउने प्रयास गरेको पुष्टि भएपछि कैलालीस्थित नं. ७ बैद्यनाथ बाहिनीले उनीहरूमाथि विभागीय कारबाही अगाडि बढाएको छ।
यसबाहेक, त्रिनगर नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरूलाई अनावश्यक दुःख दिने र पैसा असुल गर्ने गरेको भन्ने गुनासोको आधारमा सशस्त्र प्रहरी बलले सुक्ष्म निगरानी पनि थालेको छ। यो घटनाले सशस्त्र प्रहरी बलभित्रको अनुशासन र जिम्मेवारीप्रतिको प्रश्नलाई थप गम्भीर बनाएको छ