बाँके भाद्र २ गते ।
बाँकेमा विशेषगरी सीमावर्ती क्षेत्र साईगाउँ बढैयामा हुने तस्करी गतिविधिहरू लामो समयदेखि समस्या बनेका छन्, जुन प्रायः यस्ता अवैध गतिविधिहरू रोक्न साईगाउँ बढैया जिम्मेवारी पाएका निकायहरूकै भ्रष्ट अभ्यासले मलजल पाइरहेका छन्। यस समस्याको हालसालै देखिएको एउटा उदाहरण जानकी गाउँ पालिका-१, साईगाउँको सिमानामा रहेको सशस्त्र प्रहरी पोस्टमा देखिएको छ।
यहाँ सुरक्षा प्रयोजनका लागि तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ) का केही प्रहरीहरू तस्करीका गतिविधिहरूमा संलग्न रहेको आरोप लागेको छ। यसले सशस्त्र प्रहरी बलको सीमासुरक्षामा रहेको भूमिका प्रति गम्भीर प्रश्न खडा गरेको छ।
स्रोतका अनुसार सशस्त्र प्रहरी बल संगठनलाई बदनाम गर्ने नियतले केही भतुवा प्रहरीहरूको सेटिङमा सो नाकाबाट व्यापक मात्रामा तस्करी हुने गरेको सहजै आंकलन गर्न सकिन्छ । सो नाकाबाट भारतबाट नेपालतर्फ भारतीय बोइलर चल्ला बोइलर कुखुरा लत्ताकपडा, हार्डवेयर, लगायतका सामान र चावल समेत तस्करी हुँदै आएको व्यवसायीहरू नै बताउँछन् ।
सो नाकाबाट भित्रिएका मालसमानहरु बाँकेको नेपालगञ्जका साथै सुर्खेत दाङ काठमाडौँ सम्म पुग्ने गरेको समेत स्रोतको भनाइ छ। । साईगाउँ बढैयाका सीमा नाकाहरूबाट ठूला व्यापारीहरूले रातभरी बोइलर चल्ला कुखुरा लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स समान, लगायतका सामान तस्करी गर्ने गरेको पाइएको छ ।
सशस्त्र प्रहरीवलको फार्वर्ड बेस क्याम्प साइँगाउँ बीओपी बढैया र नेपाल प्रहरीको साईगाउँ प्रहरी चौकी सोही सीमानाका क्षेत्रमा रहे पनि तस्करहरूले लाइन क्लियर गर्न मोटो रकम तिरेर तस्करको राज चलेको स्थानीयको आरोप छ । सीमानाकाको तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीहरूले नै नजराना लिएर आफूहरूको संरक्षण गर्ने गरेका नाम उल्लेख नगर्ने सर्तमा एक जना चर्चित तस्करले बताए ।
आइतवार दिवसो मात्र जोगागाउँ बीच बाटोबाटै सशस्त्र प्रहरी बलले मोटरसाइकलमा ल्याइरहेको अवस्थामा भारतीय बोइलर कुखुरा नियन्त्रणमा लिएको मोटरसाइकल सहित बोइलर कुखुराको अंदाजी १ लाख ६० हजार मूल्य बराबरको समान आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।
आजै बेलुका ५ बजेको समयमा परसपुर चौकबाट भाडाको आटो रिक्सामा ठुलो सेतो ३ बोरा समान सशस्त्र प्रहरीले,नियन्त्रणमा लिएको सो सामान नेपालगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल न:३० गण बाँकेका डीएसपी प्रवक्ता नरेश खड्काले जानकारी दिए ।
साईगाउँ बढैयाका सीमानाकाबाट तस्करी भइरहेको गुनासो आएपछि सशस्त्र प्रहरी बल नेपाल न:३० गण बाँकेका सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले कालाबन्जर जमुनाहा, साईगाउँ, बढैया, बेलडाँडा,, नाकामा कडाई गरिएको सशस्त्र प्रहरीले जनाएको छ।