बाँके भाद्र १ गते।
जनता समाजवादी पार्टी (जसपा) बाँके डुडुवा गाउँपालिकाले शनिबार अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ । जनता समाजवादी पार्टीका नेता एवं वर्तमान वडा अध्यक्ष दुर्गाप्रसाद बर्माको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जनता समाजवादी पार्टीका महासचिव तथा पूर्वमन्त्री मो. इस्तियाक राई रहेका थिए ।
जनता समाजवादी पार्टी बाँकेमा बलियो देखिन थालिएको निर्वाचन छेत्र न. २ का (जसपा) अध्यक्ष उमेश कुमार यादवले लिमरा खबरलाई बताउनुभयो । अरुको भरमा परेको कमजोर नेतृत्वलाई बलियो नेतृत्व चयन गर्न जिल्लाभरको साथीहरुको सामूहिक प्रयासले पार्टी थप उर्जावान र सक्रिय हुने उनको विश्वास छ।
आफ्नो सम्बोधनमा जसपाका महासचिव तथा पूर्वमन्त्री इस्तियाक राईले पार्टी नीति तथा कार्यक्रम अगाडि बढाउन एक इन्च पनि पछि नहटेको राईले बताए । अब पार्टीलाई बालियों बनाउँदै जिल्लाको सबै निर्बाचन क्षेत्रमा अभियान अघि बढ्ने उनले बताउनुभयो ।
कार्यक्रममा अतिथिको रूपमा रहेका लुम्बिनी प्रदेश बाँके निर्वाचन छेत्र नं २ का प्रदेश सभा सदस्य, पूर्व कृषि मन्त्री माननीय भण्डारीलाल यादव, बाँके संगठन विभाग प्रमुख अतहर हुसेन फारुकी, जसपा निर्वाचन क्षेत्र नं २ का अध्यक्ष उमेशकुमार यादव, जिल्ला सचिव राजेन्द्र विश्वकर्मा लुम्बिनी प्रदेश सल्लाहकार समितिका बद्रुदुजा खान लगायत विभिन्न वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समापन (जसपा) का जिल्ला नेता तथा वर्तमान वडा अध्यक्ष दुर्गाप्रसाद बर्मा र कार्यक्रमको सहजिकरण पार्टीका जिल्ला सचिव रजेन्द्र बिश्वकर्माले गरेका थिए ।