बाँके सावन २९ गते ।
बाँके जिल्लाको जमुनाहा नाका अहिले तस्करहरूको लागि उर्वर भूमि बनेको छ । जमुनाहा पारी ठूलो र चर्चित तस्करहरूले अहिले जमुनाहा नाकाको तस्करीको ठेक्का पाएका छन्। चर्चित तस्करहरू आफै तस्करीको धन्दामा छँदैछन् उनीहरुले जमुनाहा नाकाबाट तस्करी गर्ने पोके तस्कर देखि ठूला तस्करहरूको सेटिङ गर्ने जिम्मेवारी पनि लिएका छन्।
इलाका प्रहरी कार्यालय जमुनाहा र बिओपि प्रमुखलाई मिलाएर अहिले जमुनाहा नाकाबाट ठूलो मात्रामा तस्करी भइरहेको छ। स्रोतका अनुसार जमनाहा नाकामा खटिएका सुरक्षाकर्मीकोहरूको संरक्षण र सेटिङमा जिल्लाका सबै तस्करहरूले तस्करीको लाइन पाएको यहाँका स्थानीय हरू बताउँछन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई गरि मासिक ३० लाख रूपैयाँ दिने गरि लाइन लिएको यहाँका स्थानीयहरूको भनाई छ ।
बाँकेको जमुनाहा नाकाबाट अहिले सबैभन्दा बढी तस्करीको लाइन चलेको छ। यो नाकाबाट नेपालबाट चाइनिज लाइटर पहाडी लसुन भारत तर्फ र भारतबाट कपडा अनि चिनी चावल इलेक्ट्रोनिक सामान हार्डवेयरको ठूलो तस्करी धन्दा गर्दै आइरहेका छन् । चर्चित तस्करहरूले साइकल मोटरसाइकल आटोरिक्साको प्रयोग गरेर ठूलो मात्रामा तस्करी भईरहेको छ ।
जमुनाहा नाकाको पश्चिम शर्मागली र बिजुलीपोल नाकाबाट भारतीय तस्करहरुले नेपाली तस्करसँग मिलेर दैनिक रूपमा भन्सार छलेर लाखौंको अवैध समान भित्राउने गरेका छन् । जसका कारण दैनिक लाखौं रुपैँया राजश्व संकलनमा असर पुगेको छ । भारतीय नागरिकहरु तस्करीमा सक्रिय रहेको पाइएको छ ।
भारतबाट विभिन्न प्रकारका कपडा, खैनी, रजनीगन्धा, चिनीलगायत विभिन्न किराना सामानहरूका साथै सुपरपावर श्रुति अवैधरूपमा भित्रिने गरेको छ। भने नेपालबाट खासगरी मदिरा तस्करी हुने क्रम बढेको पाइएको छ । सीमावर्ती भारतीय बजारबाट लुकिछिपी लागू औषध पदार्थको तस्करी हुने क्रम बढेको स्थानीय बताउँछन् ।
सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक बिमल डांगीले बाँके जिल्लाको नगर क्षेत्र आसपास लगायत खुला सीमा नाकामा कडाई गरेपछी तस्करहरुले अहिले जमुनाहा साईगाउँ बढैया बेलडाँडाका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ठूलो रकम दिएर खुल्लम खुल्ला रुपमा तस्करी शुरु गरेको स्थानियहरु बताउछन् । यस तर्फ सम्बन्धीत निकायको समयमै ध्यान पुग्न जरुरी देखिन्छ ।