नेपालगञ्ज सावन ११ गते ।
बाँकेको जानकी गाँउपालिका-१ स्थित सिमानाका पाचपोखराबाट बुधबार प्रहरी चौकी साईगाँउले अबैध रुपमा नेपाल ल्याइएको सामान बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँके मातहत प्रहरी चौकी साईगाँउका इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु शाहीले उक्त सामान करिब ५ लाखभन्दा बढीको रहेको विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराएका थिए ।
स्रोतका अनुसार पचपोखरा गाउँमा भण्डारण गरेको भन्सार छलीका सामान गोभीको घरमा रहेको सशस्त्र प्रहरीले अवैध सामान रहेको गोप्य सूचनाको आधारमा ती घरमा छापा हानेको सशस्त्र प्रहरी स्रोतले लिनरा खबरलाई बताए। भन्सार छली गरी ल्याएको भएको सशस्त्र प्रहरीले थाहा पाएपछि आफ्नो युनिटलाई जानकारी नगराई नेपाल प्रहरीलाई खबर गरेको पचपोखरा गाउँका एक जना स्थानीयले सञ्चारकर्मीलाई बताए।
लिमरा खबरका पत्रकारले प्रहरी चौकी साईगाँउका इन्चार्ज शाहीलाई जानकारी लिँदा हाम्रै कमाण्डमा खटेको टोलीले गाउँमा तीन जनाको घरमा भन्सार छलीका उक्त सामान करिब ५ लाख बराबरको बरामद भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेलाई जानकारी गराइएको हो। प्रहरी स्रोतका अनुसार पचपोखरामा जिल्ला प्रहरी कार्यालयबाट साधा पोशाकमा खटिएका प्रहरीले उक्त सामान बरामद गरेको जानकारी आएको छ।
तर जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार आफ्नो आधिकारिक फेसबुक मार्फत विवरण सार्वजनिक गर्दै उक्त सामान १ लाख १७ हजार नौ सय ७४ रुपैँया बराबरको रहेको जनाएको छ । बुधवार राती जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी समेतको सहयोगमा रु ५ लाख बराबरको सामान बरामद गरेको दाबी गरेको थियो ।
भारतबाट अवैध रुपमा भन्सार छलेर गैरकानुनी रुपमा नेपाल ल्याइएको कपडा, सुर्तिजन्य पदार्थ, कपडा, दुधको पाउडर, मोबिल बरामद गरी आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको ईन्चार्ज शाहीले बताएका थिए । तर प्रहरी चौकीले दिएको विवरण र जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको विवरणमा फराकिलो रकमले अन्तर देखिएको छ ।
करिब ५ लाख रुपैँयाले दुवै कार्यालयले उपलब्ध गराएको विवरणमा फरक देखिएको हो । ठुलो मात्रामा अवैध सामान बरामद भएको साईगाउँ चौकीको यो पहिलो सफलता रहेको समेत बताइएको छ । तर एकाएक पाँच लाख बराबरको सामान गायब हुँदा प्रहरी माथि संका समेत उत्पन्न भएको छ । प्रहरी चौकीले साउन ९ गते बुधबार सामान बरामद गरेको थियो । तर जिल्ला प्रहरी कार्यालय बाँकेले साउन १० गते बिहीबार उल्लेख गरेको छ ।