मंसूर अली इद्रिशी
नेपालगञ्ज सावन ३ गते-बाँकेको परसपुर दस दिनसम्म विविध कार्यक्रम गरी आफ्नो स्थानिय कर्बलामा ताजिया बिसर्जन गरिएको छ । परसपुरका सबै मुस्लिम समुदायहरुले आ–आफ्नो उपस्थिति जनाएर परसपुरका पुरुष, महिला र बालबालिकाले करबलाको युद्धमा शहीद भएकाहरूको सम्झनामा ताजियाको जुलुस निकालेका थिए ।
मुस्लिम समुदायले इमाम हुसैनको शहीदको अवसरमा निकालेको जुलुसमा नया नया पोशाक लगाएका महिला तथा युवाहरु हसैन मौला हुसेन, या हुसेन जस्ता नारा, ढोल बाजागाजाको धुनमा बुधबार ताजियाहरुको विसर्जन ¥याली परसपुरका मुख्य सडकहरुमा निकालिएको थियो ।
परम्परा अनुसार स्थानिए कर्बलामा ताजिया बिसर्जन पछि मुस्लिम समुदायको दश दिने मोहरम पर्व पनि समापन भएको छ । हजरत इमाम हुसैनको सहिद दिवसका अवसरमा मोहरम पर्वको दशौं दिन परसपुर कुरैनपुरबाट निस्केको जुलुस भिर्कुटी नगर स्थित स्थानीय कर्मला नजिकै चौकमा परसपुर कुरेनपुर ताजिया बाजागाजा सहित मिलान भएको थियो।
बाँके प्रशासनले चाडपर्वलाई मध्यनजर गर्दै सुरक्षाको व्यापक व्यवस्था गरेको थियो । जसको मुस्लिम समुदायले प्रशंसा गरेका छन् । ताजिया बिसर्जन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा मोहर्रम समिति परसपुरका अध्यक्ष अख्तर अलि बेहनाले जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालयका प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
मोहरम पर्वमा प्रहरी प्रशासन रातभर सतर्क रह्यो । रातिको भेलामा पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको थियो । सहरका मुख्य चोकमा स्थानीय प्रहरी तयारी अवस्थामा देखिएको थियो । यससँगै मोबाइल गस्ती जारी राखिएको साथे मोहर्रम पर्व शान्तिपूर्ण रुपमा सम्पन भएपछि प्रहरी प्रशासनको कार्यप्रति मुस्लिम समुदायका अगुवाहरुले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई आभार व्यक्त गरेका थिए।