मंसूर अली इद्रिशी
नेपालगञ्ज असार ३१ गते-इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रमको सातौँ दिन हुसैनि जुलुस परसपुरमा भब्यताका साथ सम्पन भएको छ । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने मोहर्रम पर्व सोमवारदेखि प्रारम्भ भएसंगै आज अर्बि ७ तारीख आइतवारका दिन राती परसपुरमा झ्याकी जुलुस निकालिएको थियो।
मोहर्रम पर्व अन्तर्गत आगामी दिनमा आलम, बाजागाजा, सहित झ्याकी जुलुस लगायत साउन १ गते राती भाकल राखी पायक भर्ने तथा ताजियादारी लगायत विभिन्न किसिमको झ्याकी गरि रात्री जाग्राम बस्ने र साउन २ गते दिउँसो परसपुर भिकुटीनगर स्थित रहेको स्थानीय कर्बलाको मैदानमा विसर्जन गर्ने कार्यक्रम रहेको परसपुर मोहर्रमसमितिका अध्यक्ष अख्तर अलि बेहनाले लिमरा खबरलाई जनाइएको छ।
अर्बि पात्रो अनुसार मुसलिम समुदायको मोहर्रम पहिलो महिना हो, त्यसैले इस्लाम धर्मवलम्बिहरुले नयाँ वर्षको रूपमा खुशियाली मनाउने भएपनि मोहर्रम दुःखको महिना भएको हुनाले मुस्लिम समुदायले यसलाई शहिदहरूको सम्झनामा दुःखको रुपमा मनाउँदै आएकोसहादत मस्जिद इदिगा करबला व्यवस्थापन समितिका सचिव इसराइल शेखले बताए।
मुस्लिम धर्म गुरुका अनुसार ईराकमा यजीद शासकको सेनाले हजरत इमाम हुसैन सहित उनको परिवार सदस्य, आफन्त र अन्य साथीहरुको नरसंहार गरेका थिए । विश्व भरीनै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व परसपुरमा पुस्तौँदेखि मनाइँदै आएको मुस्लिम समाजका अगुवाहरुले बताए।
इराक स्थित कर्बलामा युद्धका दौरान ७२ जनाले शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा बर्षैदेखी परसपुरमा हरेक वर्ष मोहरर्म महिनाको ७ तारीख ढोल- आलम जुलुस, र ९ तारीख ताजिया स्थापना गरि १० तारीखका दिन ताजिया बिसर्जन गरि मोहरर्म पर्व सम्पन्न हुने धार्मिक अगुवाहरु बताउँछन् ।