बाँके असार २९ गते ।
हालै केही दिन यता बाँकेमा अपराधिक गतिविधि बढ्दै देखिनु चिन्ताको विषय बनेको छ । तीन दिन यता सामुहिक रुपमा कुटपिट र हत्या हिंसा जस्ता जघन्य अपराधका तीन वटा घटनाहरु अगाडि आएका छन । गएराति करिब १० बजेको समयमा नेपालगञ्ज उप-महानगरपालिका स्थित त्रिभुवन चोक नजिकै टांगा स्टेन्डमा इर्साद राई कबडियाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ ।
दुई समुह बीचको विवाद मिलाउन गएका कबडिया माथि धारिलो हतियार प्रहार पछि गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो । भेरी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी गराए ।
उनका अनुसार शुक्रबार मोहरम पर्वको पाँचौँ दिन मुस्लिम समुदायको र्यालीको क्रममा उक्त घटना घटेको र पीडक सोही र्यालीको भिडभाडको फाईदा उठाएर भागेको थियो । उनले भने, ‘बजार क्षेत्रमा र्यालीको प्रभावले भिडभाड थियो । घटना घटाउने व्यक्तिलाई समात्न खोज्दा भिडमा पसेको थियो ।’
प्रहरी प्रवक्ता डाँगीले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धान अनु्सार आगूऔषध दुव्र्यसनकर्ता बीच झगडा थियो । त्यो छुट्याउने क्रममा घटना घटेको खुल्न आएको हो । त्यस घटनामा सम्बद्ध मान्छेहरु, जो संग झगडा भएको थियो र झगडाको अर्को पक्ष हाम्रै नियन्त्रणमा छ ।’उनले यस घटनालाई गम्भिर रुपमा अनुसन्धान गरिरहेको बताए । उनले प्रत्यक्षदर्शी समेत प्रहरीकै नियन्त्रणमा रहेको लिमरा खबरलाई जानकारी दिनु भयो ।
उक्त समूले प्रयोग गरेको मोटरसाइकल समेत फेला परेको प्रहरीले जनाएको छ । पारिवारिक श्रोत अनुसार से७प४२५३ नम्बरको मोटरसाईकल बरामद भएको हो । अर्को तर्फ प्रहरीले हत्यारालाई नियन्त्रणमा लिन नसेको बताउदै पीडित पक्षले टांगा स्टेन्ड, त्रिभुवन चोक, विपि चोक क्षेत्रमा आन्दोलित थिए । हत्यारालाई कार्वाहीको माग गर्दै उनीहरुले बजार क्षेत्र तनावग्रस्त बनाएका थिए । सडकमा टायर बालेर प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै चक्काजाम समेत गरेका थिए ।
यस्तै, डुडुवा गाँउपालिका स्थित राप्ती नदीको पुल छेउमा गएराति करिब १० बजेको समयमा पूर्व स्वास्थ्य राजमन्त्री हसिना खानका देवर रियाजुद्दिन खाँ माथि धारिलो हतियार प्रहार भएको छ । ग्रभलको स्टक हेरेर फर्किने बेला उनी माथि ज्यानमारा शैलीमा धारिलो हतियार प्रहार गरिएको उनले जानकारी गराए । उनले लिमरा खबर समक्ष दिएको बयान अनुसार १० जनाको नाम खुलाएका छन ।
उनले बयानमा भने, ‘म संग मेरो फुपुको छोरा पनि थिए । उनी पिसाब फेर्न गएको बेलामा १० जनाको समुहले म माथि आक्रमण गर्दा उनी सहयोग माग्न नजिकैको क्रेसरमा गएका थिए ।’पीडितले ‘नारायण डाँगी, विशाल बस्नेत, आगमन प्रताप सिंह, राजेश यादव, पप्पु यादव, गुड्डु, राजु खान, सन्तोष बाला, मुरसीद खान, निरज सोनकर’ नाम बयान गरेका छन ।
उनले भने, ‘खोलाको विषयमा उनीहरु संग पहिल्यै धाकधम्की देखाएको मार्दिन्छु भनेर । त्यति बेला खासै केही भएको थिएन । ठेक्का पट्टाकै विषयमा यी व्यक्तिहरुले धाकधम्की देखाएका थिए । अन्य रिसिवी भने केही थिएन । भेरी अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता डाँगी अनुसार पीडित पक्षले उल्लेख गरेको नाम मध्ये एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाईएको छ । उनले लिमरा खबरलाई जानकारी गराउदै भने, ‘हामीलाई पीडितले उल्लेख गरेको नाम मध्ये भेरिफाई गरी रहेका छौं । अनुसन्धान कै क्रममा छ ।’
यता पीडित रियाजुद्दिन खाँ पक्षकाले पनि डुडुवा गाँउपालिका स्थित मिलनचोकमा नारावादी सहित प्रहरीलाई मुद्दा दर्ताका लागि दबाब सृजना गरीरहेका थिए । उनीहरु चर्को रुपमा प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै जिल्ला प्रहरी कार्यालयमा तत्काल मुद्दा दर्ता गर्नुपर्ने माग गरीरहेका थिए ।
ईलाका प्रहरी कार्यालय बन्कटट्ी, कम्दिका ईन्र्चाज तेज बहादुर रानाका अनुसार पीडित पक्षले प्रहरी संग समन्वय नै नगरेको र जाहेरी प्रहरी समक्ष नलगेको जानकारी गराए । उनले घटना लगत्तै प्रहरी घटनास्थलमा पुग्दा स्थानीयहरुले एम्बुलेन्सबाट उपचारका लागि नेपालगञ्ज पठाईसकेको जानकारी गराए ।
यस्तै, असार २६ गते डुडुवाको कम्दी स्थित मिलन चोकमा साँझ २७ वर्षीया मोहन प्रसाद यादव माथि पनि निर्घात कुटटि गरेका थिए । नेपालगञ्जको गणेशमानचोक नजिकै रहेको न्यूरो अस्पतालमा उपचाररत उनको अवस्था यति बेला सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।
प्रहरीलाई टिप्परको बारेमा सूचना दिएको विषयमा विवादका कारण उनी माथि कुटपिट भएको बुझिएको छ । न्यूरो अस्पतालमा उपचाररत उनी संग थप जानकारी लिन खोज्दा स्वास्थ्य अवस्थाका कारण केही बोल्न सकेनन् । प्रहरी प्रवक्ता डाँगीले यादवको स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराउदै लिमरा खबरकर्मीलाई भने, ‘उनको पूरानो घाउ पनि थियो । नयाँ घाउ पनि थपिएको छ । डक्टर अनुसार उनको अवस्था सामान्य छ । हामीले यो घटनाका दोषीलाई पनि खोजी गरीरहेका छौं ।’
पीडित पक्षले जाहेरी समेत जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता गरीसकेको डाँगीले बताए । प्रहरी प्रवक्ता डाँगीले सत्यतथ्य परक गरेर दोषी माथि कार्वाही हुने बताएका छन ।