मंसूर अली इद्रिशी
बाँके असार २३ गते-जानकी गाउँपालिका वडा नम्बर १ साइँगाउँको भित्री सडक नाला निर्माणमा बजेट सिध्याउने असारे विकासको चटारो यसवर्ष पनि ठेकेदार पवन मौरियाको लापरवाही देखिएको छ। देशको संरचना बदलिए पनि असारमानै बजेट सक्न भ्याइनभ्याई गर्ने प्रवृत्तिमा कमी आएको देखिदैन । जानकीमा असार सुरु भएदेखिनै बाटो, नाली निर्माण काम टोलैपिच्छे चलिरहेको छ।
शहरी विकास तथा भवन कार्यालय बाँकेबाट २७ लाख रुपैयाँको बजेट पाएका ठेकेदार पवन मौरियाले साईंगाउँको भित्री सडकमा बाटैमा ग्राबेल थुपारेर शहरी विकास तथा भवन कार्यालय बाँकेका इन्जिनियरलाई बोलाएर बाटो निर्माण सम्पन भएको ठेकेदार पवन मौरियाले दादागिरी सैलीमा पास गराएको स्थानीयहरूले आरोप लगाएका छन्।
यस विषयमा लिमरा खबरले ठेकेदार मौरियालाई मोबइलमा सम्पर्क गर्दाखेरि मौरियाको मोबाइल स्विच आफ रहेको छ । ठेकेदारले गरेको बाटो निर्माणको कामप्रति स्थानीयहरू आक्रोशित भएका छन्।
गत आर्थिक वर्ष जब सकिन लाग्छ तब पूर्वाधार विकासको नाममा विनाशको खेती सुरु भएको छ साइँगाउँमा । हरेक आर्थिक वर्षको अन्त्यमा हुने असारे विकास केवल बजेट सक्ने काम मात्रै हुने गरेको पाइन्छ ।
लुम्बिनी प्रदेश सरकारले बजेट पारित अघिल्लो वर्षको असारमै गरे तापनि बजेट सक्ने उद्देश्यले अन्तिम समयमा काम हुँदा गुणस्तरमा लापरवाही हुने गरेको स्थानिएको भनाई छ । यसले गर्दा हरेक वर्ष विकास–निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हालेसरह जस्तै भएको छ ।
त्यस्तै साइँगाउँको भित्री सडक नाला निर्माणमा आर्थिक अनियमितता भएको पाइन्छ । यो समयमा भएको विकास केबल क्षणिक हुन्छ । एकातर्फ वर्षातको समय र अर्को तर्फ छोटो समयमा भएको विकास कागजीरुपमा मात्र सीमित भएको देखिन्छ ।