बाँके आसार २२ गते।
अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको छ। कुसुम स्थित राप्ती नदीमा पानीको सताहले खतराको चिन्ह पार गरेकोले शनिबार बिहान १०:१५ बजे मापन गरिएको थियो । ६ मिटर पानीको सताह पार गरिसकेकाले राप्ती नदी नजिकै गाउँबस्ती बाढीको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो।
कुसुममा मापन भएको जलसत्ताह बाढीग्रस्त मानिने भगवानपुर, नरैनापुर, होलिया, बेताहनी, नदी तटिए क्षेत्रका बसिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ। राप्ती नदी सिधनिया घाटमा बाढी आउँदा काठदाउरा बगाएर ल्याउने र त्यसलाई टिप्न जोखिम मोलेर नदीमा जाने गर्छन् स्थानीय दाउराको लोभमा नदीमा नजाने प्रशासनले आग्रह गरेको हो।
राप्ती नदीमा पानीको धार परिवर्तन भएपछि नदीमा ८ मिटर पानीको सता पुगेमा बल्ल बाढी पस्ने स्थानीय जुबेर अन्सारीले बताएका छन्। बाँके जिल्लामा केही दिनदेखि निरन्तर पानी परिरहेको छ।