बाँके आसार ५ गते ।
सरुवा भएका साईगाउँ प्रहरी चौकीका इन्चार्ज वरिष्ठ साईं अमर रावत लाई एक कार्यक्रम गरि स्थानीयहरुले बिदाई गरेका छन् । सम्मान विदाई कार्यक्रममा उपस्थिति जानकी वडा नम्बर– १ का वडा सदस्य इब्राहिम हलुवाई, शिक्षक वेद प्रसाद जोशी लगायत समाजसेवी राजनीतिक दलका नेता सोहराब खान स्थानीय युवा लगायतको उपस्थिति थियो ।
वरिष्ठ साईं अमर रावतले आफ्नो कार्यकालमा साईगाउँ प्रहरी चौकीमा भौतिक पूर्वाधार निर्माण देखि केहि सृजनशिल कार्यहरु समेत भएका छन् । उनकै कार्यकालमा चौकीमा गोलघर निर्माण भएको र चौकीको परागणमा खाल्डो रहेको रावतकै कार्यकालमा माटोपटान गरिएको साथै ग्यारेज पनि निर्माण हुन लागेको थियो।
बाँके जिल्लाको साईगाउँ र बढैया सिमा नाकामा तस्करहरूको अखाडा बन्दै गएको थियो। साईगाउँ प्रहरी चौकीको जिम्मेवारी सम्हाले देखिनै इन्चार्ज वरिष्ठ साई रावतले विगत ५ महिना देखि साईगाउँ बढैयाका चर्चित तस्करहरू माथि विशेष निगरानी राखी बोइलर कुखुराको चल्ला सहित तस्करहरूलाई पक्राउ गरी कारवाहीका लागी सम्बन्धित निकायमा पठाएका थिए।
साईं अमर रावतको कार्यकालमा बिभिन्न धार्मिक कार्यक्रमहरुमा समन्वय र सहकार्य गरि सुरक्षा व्यवस्थापन गरिएको थियो । यस्तै दैनिक रुपमा साईगाउँ प्रहरी चौकी भित्र पर्ने एरियामा प्रहरी गस्ती व्यापक रुपमा गर्ने गरिएको थियो।
आफ्नो कार्यकालमा पेशाप्रति ईमान्दार, ब्यवसायिक, निर्भीक र सक्षम प्रहरी अधिकृतको रुपमा जानकी-१ र नेपालगंज-१७ को शान्ति सुरक्षा र चोरी पैठारी नियन्त्रण अन्य तोकिएको जिम्बेवारी सफलतापूर्वक सम्पन्न गरेर सरुवा भएका वरिष्ठ साईं अमर रावतलाई स्थानीयबासी र प्रहरी कर्मचारीहरुले सधै अब्बल प्रहरी अधिकृतको रुपमा सम्झिरहने छन् ।