मंसूर अली इद्रिशी
बाँके जेठ ३० गते-स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानले बाँके जिल्लाको दुई वटा स्वास्थ्य चौकी निरीक्षण गरेका छन् । बुधबार नेपालगंज उपमहानगरपालिका वडा नम्बर १४ भवानियापुर पुगेकी खान स्वास्थ्य चौकी भानियापुरको निरीक्षण गरेकी हुन् । स्वास्थ्य चौकीको भौतिक र प्रशासनिक अवस्थाको बारे जानकारी लिनुका साथै उनले स्वास्थ्य चौकीले बिरामीलाई दिइरहेको सेवाको विषयमासमेत जानकारी लिएकी हुन ।
निरीक्षणका क्रममा राज्यमन्त्री खानले स्वास्थ्य चौकीले दिने सेवाको विषयमा सोधखोज गरेकी थिईन । स्वास्थ्य चौकी सुधार गर्ने हेतुले उनले देशभरको अस्पताल स्वास्थ्य चौकीहरुको भौतिक उपस्थितिमै जानकारी लिइरहेकी छिन् । सोही क्रममा राज्यमन्त्री खान आज ग्रह जिल्ला नेपालगंज स्वास्थ्य चौकीमा पुगेकी हुन् ।
राज्यमन्त्री खानले भनिन् हामीले काम गर्नका लागि सरकारमा सहभागी भएका छौं बोल्नुभन्दा हामीले काम गरेर देखाउने तिर लागेको खानले बताइन्।
हामीलाई हाम्रो पार्टीले विश्वास गरेर सरकारमा सहभागी गराएको त्यसैले भाषण दिनुभन्दा कामको विषयमा छलफल गरेर हामी अगाडि बढ्नेछौँ इन्द्रपुरका स्थानीयवासीलाई जानकारी गराएकी थिइन्।
इन्द्रपुर स्वास्थ्य चौकीका प्रमुखले स्वास्थ्य चौकीको विषयवस्तुको बारेमा जानकारी गराउँदै ज्ञापनपत्र समेत बुझाएकी थिइन्। इन्द्रपुर स्वास्थ्य चौकीका स्वयंसेविकाले विभिन्न मागको बारेमा ध्यानाकर्षण स्वयंसेविकाहरूले राज्यमन्त्री खानलाई गराइन्।
निरीक्षणका क्रममा जानकी गाउँपालिका वडा नम्बर ३ इंद्रपुरमा राज्यमन्त्री हसिना खानले स्वास्थ्य चौकी इन्द्र्पुरको आकस्मिक उपचार कक्ष, सघन उपचार कक्ष र जटिल बिरामीको उपचार कक्ष रहेको कोठाको निरीक्षण गरेको जसपा पार्टीका संगठन बिभाग प्रमुख अतहर हुसैन फारुकीले लिमरा खबर लाई बताए।
कार्यक्रममा जानकी गाउँपालिका प्रमुख छब्बन खां ३ न.वडा अध्यक्ष राजकुमार बर्मा नेपालगञ्ज १४ का वडाध्यक्ष मजहर अलि शाई जानकी गाउँपालिका जसपाका अध्यक्ष धर्म राज बर्मा पूर्ब वडा अध्यक्ष जुम्मन खां विभिन्न राजनितिक दलका प्रतिनिधीहरु, स्वास्थ्य सँस्था प्रमुख एवं प्रतिनिधी, स्वास्थ्य स्वयंसेवीका एव सरोकारवालाहरुको सहभागिता रहेको थियो ।