जनकपुर जेठ २४ गते ।
मधेश प्रदेशमा जसपा नेपालको सरकार ढलेको छ । मधेस प्रदेशसभामा मुख्यमन्त्री सरोजकुमार यादवले मागेको विश्वासको मत नपाएपछि आज जसपा नेपालको नेतृत्वको मधेस सरकार ढल्यो ।
मुख्यमन्त्री यादवको विश्वासको प्रस्तावको पक्षमा ५० र विश्वासको मतको विपक्षमा ५३ मत परेको थियो । योसँगै मधेस सरकारका मुख्यमन्त्री यादवले विश्वासको मत पाएनन् ।
मुख्यमन्त्री यादवले आज पाँचौं पटक विश्वासको मत मागेका छन् । जनता समाजवादी पार्टी नेपाल पार्टीलाई ३० दिनभित्र विभाजन गर्ने संवैधानिक व्यवस्थाअनुसार आज मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको २२ दिनपछि हिजो नेकपा संयुक्त समाजवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।