बाँके जेठ १६ गते।
नेपाल–भारत सिपरी सीमानाका क्षेत्रबाट तस्करी रोकिने संकेत देखिएको छैन । तस्करहरूले सुरक्षामा संलग्न निकायलाई चुनौती दिँदै लगातार तस्करी गरिरहेका छन् । सिपरी सीमा क्षेत्रमा बढैया बीओपीमा कार्यरत सशस्त्र प्रहरीको यति धेरै सतर्कताका बाबजुद तस्कर तस्करीमा माहिर छन्, जहाँ तस्करीको कारोबार दिनप्रतिदिन बढ्दै गएको छ । तस्करीको यस्तो रवैया देखेर प्रशासन पनि मौन बसेको छ भने तस्करहरु चोरी पैठारी राजस्व चुहावट कार्यबाट पछि हट्न तयार छैनन् ।
भारत बहराइच जिल्लाको सिपरा नेपालको सिपरी सीमा क्षेत्रबाट हिजोआज बोइलर खुखुराको मासु चिनी हार्डवेयर पिए पदार्थ आदिको तस्करी धमाधम भईरहेको छ । बढैया बीओपीमा कार्यरत सशस्त्र प्रहरीका जवानहरू चौबीसै घण्टा गस्तीमा सीमा क्षेत्रमा गरी रहँदा पनि तस्करी मौलाएको र त्यसलाई रोक्न अहिले पाएका जिम्मेवारी सशस्त्र प्रहरी बल बढैया बीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जलान्धर केसीका लागि ठूलो चुनौती बनेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको हातबाट पक्राउ परे पनि तस्करले सबै कुरालाई बेवास्ता गर्दै तस्करीमा पुरुष मात्रै नभई महिला पनि चीनी कपडा ओसारपसारमा संलग्न देखिन्छन् । सिमानामा यति धेरै सतर्कताका बाबजुद तस्करी अन्धविश्वास जस्तै फैलिरहेको देखिन्छ ।
सिपरी सीमानाकामा ठूलो परिमाणमा चिनी तस्करीको घटना बाहिर आएको छ । यहाँ दैनिक साइकल मोटरसाइकल चढेर चिनी नेपाल ल्याइन्छ । यो सम्पूर्ण घटना नेपालको सिपरी सीमानाका संगै जोडिएको बहराईच जिल्लाको सिपरा बाजारको हो । यहाँ चिनीका बोरा बोरा मोटर साइकलमा राखेर जङ्गलको बाटो भएर नेपालगञ्ज कोहलपुर दाङ सुर्खेत सम्म ल्याइने गरेको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बढैया बीओपी क्षेत्रबाट बोल्नेस मासु बोइलर कुखुरा हार्डवेयर कपडा चिनी तस्करीको विशेष भिडियो रिपोर्ट लिमरा खबरसँग सुरक्षित छ। । बाँके जिल्लाको करिब ६५ किलोमिटर खुला सिमाना भारत नेपालको सिमानासँग जोडिएको छ । कच्ची सडकमा दिनहुँ तस्करीका खबर आउने गरेका छन् । यसअघि पनि यहाँबाट कपडा कुखुरा बोन्लेस मासु तस्करीको घटना बाहिर आएको थियो ।
सीमामा खट्ने सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगले भारतबाट दैनिक हजारौँ क्वीन्टल चिनी नेपालतर्फ तस्करी भइरहेको छ। केही समय पहिले नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दुवै प्रहरी संगठनका महानिरीक्षकलाई राम्रोसँग काम गर्न निर्देशन दिएको भए पनि बाँकेको सिपरी सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी तस्करी गराउनमा व्यस्त रहेको पाइएको छ।