बाँके जेठ ५ गते ।
लोकसभा निर्वाचनलाई ध्यानमा राख्दै यही जेठ १० गते हुने पाँचौं चरणको मतदानलाई मध्यनजर गर्दै नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा जमुनाह नाका आवतजावत बन्द गरी सीमा नाका सिल गरिएको छ । जेठ ५ गते शनिबार राति साढे १० बजेदेखि ७ गते बेलुका ५ बजेसम्म नेपाल–भारत सीमानाका बन्द रहने इप्रका जमुनाहका इन्चार्ज रबिन्द्र बमले जानकारी दिए ।
नेपाल–भारत सीमा क्षेत्रमा रुपैडिहादेखि नेपालगञ्ज र नेपालगञ्जदेखि रुपैडिहासम्म दैनिक हजारौं मानिसको आवतजावत हुने गरेको छ । रुपेडिहामा शनिवार साँझ नाका सिल गरेपछि सन्नाटा छायो । भीड नहुँदा सहरका पसलहरूमा ग्राहकको चहलपहल घटेको थियो ।
छिमेकी मित्र राष्ट्र रुपैडिहा बजारमा नेपालका ग्राहकले सीमावर्ती क्षेत्रबाट खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरेका छन्, जुन बजेटमा सस्तो पर्छ । सीमा क्षेत्रमा नेपाल भारत का सुरक्षाकर्मीले विशेष सतर्कता अपनाइरहेको छ ।
सुरक्षा निकायले अत्यावश्यक सुविधा भएका सवारीसाधनलाई मात्रै आवतजावत गर्न दिइरहेका छन् । जसमा एम्बुलेन्स, दैनिक अत्यावश्यक वस्तुसँग सम्बन्धित खाद्य सामाग्रीहरु रहेका छन् । यसैगरी अब अन्य सवारी साधनको आवतजावत जेठ १० गते बेलुकी ५ बजेपछि मात्र सुरु हुनेछ ।
बहराइच जिल्लाका डीएम मोनिका रानी बाँके जिल्लाका प्रमुख जिल्ला प्रशासनलाई पत्र लेखी सोमबार हुने निर्वाचनका लागि ७२ घण्टा अगाडि सीमा बन्द गर्न आग्रह गरेकी हुन् ।