नेपालगञ्ज बैशाख २२ गते ।
नेपाल मुस्लिम युवासघ बाँकेको आयोजनामा प्रथम नाइट टुर्नामेन्ट क्रिकेट प्रतियोगिता शुरू भएको छ । नेपालगञ्जमा–१६ जयसपुर स्थित क्रिकेट खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको आयोजकले जानकारी गराएको हो । बैशाख २२ देखि जेठ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बाँकेका विभिन्न तिस वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमले नगद ६० हजार पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टिमले ३० हजार तेस्रो हुने टिमले एक साइकल पुरस्कार प्राप्त गर्ने नेपाल मुस्लिम युवासघ बाँकेका संयोजक रिजवान जोलाहले जानकारी दिएको छ ।
खेल रात्रिकालीन ८ बजेको समयमा सञ्चालन हुने छ । वडा नम्बर–१४ का वडाध्यक्ष मजहर अली साईं प्रथम नाइट टुर्नामेन्ट क्रिकेट प्रतियोगिता जयसपुरमा पहिलोपटक सञ्चालन हुन लागेकाले यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । यस किसिमका प्रतियोगिताले नेपालगञ्जको क्रिकेट क्षेत्र थप फराकिलो बन्दै जाने उनको विश्वास छ ।
जनमत पार्टीका युवा नेता हुसैन अन्सारीले लिमरा खबरलाई जानकारी दिँदै हाम्रो जयसपुरमा नेपाल मुस्लिम युवा संघ बाँकेले गरेको आयोजना रात्रीकालिन क्रिकेट टुर्नामेन्टलाई सफल पार्नका लागि सबैजनालाई अनुरोध समेत गरेका थिए।
प्रथम नाइट टुर्नामेन्ट क्रिकेट उद्घाटन सत्रमा नेपालगञ्ज १४ का वर्तमान वडा अध्यक्ष मजहर अलि साई एमाले नेता भीम ओली जयसपुरका पूर्व वडाध्यक्ष हानिप आंसारी नेपाली कांग्रेस बाँकेका नगर उपसभापति कमाल अन्सारी लगायत स्थानिएबासी हरूको उपस्थिति रहेको थियो।