जानकी बैशाख ७ गते ।
जानकी गाउँपालिका वडा नम्बर ३ मा रहेको माध्यमिक विद्यालय बन्जारेगाउँमा विद्यार्थी भर्ना अभियान सुरु गरेको छ। सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिस्ता भन्ने नाराका साथ शैक्षिक सत्र २०८१ का विद्यार्थी भर्ना अभियान आजबाट सुरु गरेको हो।
भर्ना अभियानको पहिलो दिन आज बन्जारे गाउँ माविका शिक्षक शिक्षिका र प्रधानाध्यापक आफै पायक पर्ने गाउँघरमा घरदैलो समेत गरेको प्रधानाध्यापक आदित्य कुमार वर्माले जानकारी दिनुभयो। आज शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालय मताहतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ।
शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा पाउने नागरिकको संवैधानिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएकाले सबैले सहयोग गर्न आग्रह गरिन्।अभियानकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ,प्रचण्ड,ले शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।
प्रधानाध्यापक बर्माले विद्यालय नजिकैका गाउँहरूमा सबै स्थानीय बासीहरु र अभिभावकज्यूहरूलाई आफ्नो बालबालिकालाई विद्यालयमा समयमय भर्ना गराई सहयोग गरी दिनका लागी अनुरोध समेत गर्नुभएको छ।